राष्ट्रिय सहकारी बैंकको ६ महिनाको खुद नाफा ३६ करोड
२०७६ माघ १२, आईतवार
काठमाडौं, १२ माघ
राष्ट्रिय सहकारी बैंक चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ३६ करोड ८३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले गत त्रैमासमा ९ करोड ३२ लाख ९७ हजार रुपैयाँ र यस त्रैमासमा २७ करोड ५० लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ५३ लाख खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्ममा बैंकको सेयर पुँजी १ अर्ब ९० करोड ८० लाख पुगेको छ । बैंकले यस त्रैमासमा ३० अर्ब ४८ करोड ३० लाख निक्षेप संकलन गरेको छ । गत त्रैमासमा २८ अर्ब ४० करोड ११ लाख निक्षेप संकलन गरेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार