बहुउद्देश्यीय सहकारीलाई कृषि र पर्यटनमा काम गर्न बाँस्कोटाको सुझाव
ललितपुर, २७ पुष ।

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बहुउद्देश्यीय सहकारी संघ संस्थाहरु उत्पादन र प्रोत्साहन गर्ने काम गर्नु पर्ने बताएका छन् ।
सहकारी संघसंस्थाले सदस्यहरुलाई एकिकृत खेतीमा प्रोत्साहन गरी उनीहरुद्वारा उत्पादित बस्तुको बजारीकरणमा सहजिकरण गर्नु बताए । यसो गर्दा कृषिमा आत्मनिर्भर बन्न सकिने उनको धारणा थियो । वित्तिय काम गर्न अरु वित्तिय संस्था भएकोले बहुउद्देश्यीय सहकारीले उत्पादनतर्फ नै केन्द्रित हुनुपर्ने बास्कोटाले बताए ।
बहुउद्देश्यीय सहकारी संघ ललितपुरको सातौं वार्षिक साधारणसभामा मन्तव्य राख्दै बाँस्कोटाले बहुउद्देश्यीयको उद्देश्य एक नभई अनेक हुने भएकाले कृषि र पर्यटनमा लाग्न सुझाव दिएका हुन् ।
संघका अध्यक्ष शरदकुमार महर्जनले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बहुउद्देश्यीय सहकारी संस्थाहरु संघको सञ्जालबाट बाहिर रहनु नहुने धारणा राखेका थिए । उनले संघले सदस्य संस्थाहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा अन्तरलगानी, गोष्ठी जस्ता गतिविधि गर्दै आएको बताए । सहकारी नियमावली २०७५ मा केहि जटिल व्यवस्था रहेको र सो व्यवस्थाले सहकारीको पूँजी पलायन हुन सक्ने सम्भावना रहेको हुँदा सहकारी ऐन संशोधन पश्चात् नियमावली समेत संशोधन गरी त्यसमा रहेका जटिलताहरुलाई व्यवस्थापन गर्न उनले माग गरे ।

संघका कोषाध्यक्ष दिपेन्द्र दुलालले आर्थिक प्रतिवेदन पेश गर्दै गत आवको असार मसान्तसम्म शेयरपूँजी १८ लाख ६६ हजार, बचत ३ करोड ४३ लाख २३ हजार र कूल सम्पत्ति ३ करोड ७० लाख ३१ हजार पुगेको जानकारी दिए ।
सभामा कर्मचारी सहायक प्रबन्धक प्रतिमा बञ्जारा, उत्कृष्ट कारोबार गर्ने संस्थातर्फ अभिवादन बहुउद्देश्यी सहकारी संस्था र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई सम्मान गरिएको थियो । सभामा सहकारी महासंघका नर्वा्चित बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र सञ्चालक राजेन्द्र पौड्याललाई समेत सम्मान गरिएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार