मिनराज कंडेलकाे सहकारी यात्रा: सरकारी स्कूल हुँदै सहकारीका पनि हेड सर !
२०५३ असार : जनकल्याण साकाेस, संस्थापक अध्यक्ष
२०५४ मंसिर : जिल्ला सहकारी संघ, धादिङ, संस्थापक अध्यक्ष
२०५९असार: नेफ्स्कून उपाध्यक्ष
२०६४मंसिरq: नेफ्स्कून अध्यक्ष
२०६४ मंसिर: राष्ट्रिय सहकारी महासंघ संचालक
२०७१साउन : राष्ट्रिय सहकारी महासंघ वरिष्ठ उपाध्यक्ष
सन्२०१०: अक्कुद्धितीय उपाध्यक्ष
सन्२०१२ : अक्कु प्रथम उपाध्यक्ष
२०७६ पुष २६ : अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
000
सहकारीको अभियानमा २५ वर्षको अनुभव संगालेका मिनराज कँडेलको जन्म २०१७ सालमा धादिङ, बेनिघाट–१, रिचोकटार मलेखुमा भएको हो । ३०३१ सालमा एसएलसी उत्तीर्ण गरेका कँडेलले प्राथमिक शिक्षा धादिङको मलेखुबाट र माध्यमिक शिक्षा आदर्श मावि गजुरीबाट सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्म पढ्दा उनी करिब एक घण्टाको बाटो हिंडेर पढ्न जाने र फर्कने गर्नुपथ्र्याे । त्यतिबेला चिनीयाँहरुले पृश्वी राजमार्ग निर्माण गर्दै गरेको हुनाले निर्माणका सामान बोक्ने ट्रक आयो भने बल्ल कंडेल र उनका साथीहरु मोटर चढेर सहजै बिद्यालयसम्म पुग्न पाउँथे ।
साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक
काठमाडौबाट परिक्षा दिएर एसएलसी उत्तीर्ण गरेका कंडेलले एसएलसी सक्नासाथ बागेश्वरी प्रावि मलेखुमा पढाउन सुरु गरे । त्यतिबेला एसएलसी उत्तीर्ण गरेका सबै शिक्षक स्वतः स्थाई हुने प्राबधानका कारण पढाउन सुरु गर्नासाथ उनी पनि स्थाई शिक्षक बनेका थिए । आईए उत्तीर्ण गरेपछि निमावि पढाउन सुरु गरे । त्रिविबाट बिएड गरेपछि उनले मावि पढाउन थाले । विद्यालयलाई पनि अपग्रेड गर्दै लगे । साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक बनेर उनी शिक्षण पेशाबाट बाहिरिए । राजनीतिमा पनि उतिकै सक्रिय कँडेलले शिक्षक रहँदा नै धेरैपटक जेल जीवन बिताउनु परेको थियो । आफुले पढाएको बिद्यालयमा उनले जिल्लाकै पहिलोे विज्ञान संकायको उच्च शिक्षाको पढाई सुरु गराएका छन् । करिब ६ वर्ष हुन लाग्यो हाल उनी त्यहि विज्ञान संकाय पढाई हुने जयबागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्ष छन् । त्यस्तै बिद्यालय संचालकमा पनि उनी अहिले मनोनित सदस्य भएर काम गरिरहेका छन् ।
सानैदेखि संधै अन्याय अत्याचारका विरुद्धमा…
२०३३ सालमै गाउँमा पुस्तकालय खोल्नेदेखि सामाजिक कुरिती, विकृति विसंगतीका विरुद्धमा, गलत रवैया र अन्याय अत्याचारका विरुद्ध साँस्कृतिक कार्यक्रममार्फत सबैलाई चेतना दिलाउने कार्य गर्दथे । वि.स.२०३४/३५ सालदेखि ८/१० वर्ष नै काठमाडौमा आएर कंडेलसहित साथीहरुले देउसी भैलो गरेर रकम उठाई पुस्तकालयमा योगदान गर्ने र पुस्तकालयमार्फत सबैलाई चेतना जागृत गराउने कार्य गर्दथे ।
सहकारी अभियानमा प्रवेश
२०४५/४६ को आन्दोलन पछि बहुदल आयो । कंडेल र उनको समूह पहिलेदेखि नै मिलेर सामुहिकरुपमा उपलब्धीमुलक काम गर्नुपर्छ भन्नेमा थिए । कँडेलको जग्गा जमिनमा चितवनमा थियो । खेतीपातीका काम गर्नको लागि २०५३ सालमा उनी सहित उनका तीनजना सहकर्मीहरु चितवन गएका थिए । त्यतिबेला चितवन, भरतपुरमा इन्जिनियर रामप्रसाद अधिकारीसँग भेट भयो । अधिकारी दिपज्योति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष थिए । अधिकारीले दिपज्योति सहकारीको सुरुवात र आफ्नो अनुभव सुनाए । एक घण्टाको सहकारीबारेको कुरा सुनेपनि उनी सहित तीनै जनाले धादिङ फर्केपछि सहकारी खोल्ने निधो गरे । त्यसपछि २०५३ साल असार २९ गते जिल्ला डिभिजन कार्यालयका प्रतिनिधि समेत बोलाएर ३० जनाको उपस्थितिमा बचत ऋण सहकारी खोल्ने भनि प्रारम्भिक भेला सम्पन्न गरे । कँडेलकै अध्यक्षतामा बसेको भेलाले जनकल्याण बचत तथा ऋण सहकारी संस्था खोल्ने निधो गर्यो । उनी सहकारीको संस्थापक अध्यक्ष बने । प्रतिव्यक्ति ५/५ हजार सेयर उठाएर एकै वर्षमा १ सय १ जना सदस्य सहित त्यो संस्था अगाडि बढेको थियो । उनी साँढे १२ वर्ष त्यही संस्थाको अध्यक्ष बने । कंडेलको सक्रियतामा २०५४ मा १५ वटा संस्थाहरु मिलेर धादिङमा जिल्ला सहकारी संघ गठन भयो । संघमा पनि उनी १५ वर्ष अध्यक्ष भएर काम गरे । २०५९ मा बचत तथा ऋण केन्द्रिय संघको संचालक बन्ने भनेर आएका कँडेल साथीहरुको समर्थनमा उपाध्यक्षमा निर्वाचित भए । यता पार्टीगतरुपमा हेर्ने हो भने कँडेलले नेकपा एमालेको सहकारी विभाग स्थापनामा महत्वपूर्ण योगदान गरेका छन् ।
उनी २०६४ सालमा उनी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) को निर्वाचित अध्यक्ष भए । पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङगलाई चुनावमा हराएर अध्यक्ष बनेका उनी दुई कार्यकाल नेफस्कुनको अध्यक्ष भए । उनले आफु अध्यक्ष भएर निर्वाचित भईसकेपछि एकै पदमा दुई कार्यकालभन्दा बढि समय बस्न नपाउने नियम बनाए । कार्यकाल सुरु गर्दा ४ सयमा रहेको सदस्य संख्यालाई २२ सयमा पुर्याउने काम उनकै कार्यकालमा भएको थियो । उनी नेफस्कुनको सल्लाहकार हुन् । २०६४ देखि ७ वर्ष राष्ट्रिय सहकारी संघको संचालक रहेका उनी २०७१ देखि संघको बरिष्ठ उपाध्यक्ष थिए । २०७६ पुष २४ र २५ गते सम्पन्न २७ अाैं साधारण सभाबाट सर्वसम्मत अध्यक्ष चुनिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार