सिभिल सहकारीका निक्षेपकर्ताको पैसा तिर्न इच्छाराज तामाङले बेचे २० कराेड बढीकाे सेयर
काठमाडौं, २४ पुष ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सहकारीको निक्षेपकर्ता पैसा तिर्नको लागि बैंकको संस्थापक सेयर बिक्रीलाई निरन्तरता दिएका छन् ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा २० लाख १८ हजार कित्ता ६६१ कित्ता सेयर प्रतिकित्ता एक सयको दर २० करोड १८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ ।
स्रोतका अनुसार बिहीबार तामाङको परिवारको सदस्यको सेयर बिक्री भएको हो । यसको खरिदकर्ता पहिल्ला नै निर्धारित भए अनुसार कर्मचारी संचय कोष हो ।
सो सेयर ८ वटा कारोबारबाट खरिदबिक्री भएको छ । जसमा सबै सेयरको खरिदकर्ता ४४ नम्बर ब्रोक्रर छ भने ५ वटा कारोबारको बिक्रीकर्ता १३ नम्बर ब्रोक्रर रहेको छ भने २ वटा कारोबारको बिक्रीकर्ता ११ नम्बर ब्रोक्रर र एउटा कारोबार १० नम्बर ब्रोक्ररबाट भएको छ ।
तामाङको सिभिल सहकारीले निक्षेपकर्ताको पैसा तिर्न नसकेपछि उनले बैंकको सेयर बिक्री गरेका हुन् । पछिल्लो समय ठूलो लगानीकर्ता सिभिल बैंकमा कर्मचारी संचय कोष भएको छ । तामाङले कारोबार सेटल गर्नको लागि जग्गा र भवन समेत बिक्री गरेका छन् ।
साभार: क्लिकमाणडू डटकम
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार