नेचुरल सहकारीले सुरु गर्यो क्यूआर कोड बैकिङ
काठमाडौं, २४ पुष ।

काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ ।
सदस्यलाई छिटो, सरल, विश्वसनिय, उच्च स्तरिय सेवा दिने प्रतिवद्धता अनुसार क्यूआर कोड बैकिङ सुरुवात गरेको हो । संस्थाले यसअघि मोबाइल बैकिङ, एसएमएस सेवा, एटिएम सेवा, मिस्डकल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल,सहज रुपमा सहकारीको सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिए ।
संस्थाले पुष २३ गते बुधबारबाट पिपुल्स लाईफ केयर अस्पतालबाट क्यूआर कोड पेमेन्ट सिस्टमको सेवा सुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरी ५ रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म भुक्तानी गर्न सक्ने प्रमुख पाठकले जानकारी दिए ।
नेचुरल सहकारीको क्यूआर कोड पेमेन्ट रहेको अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरुमा रकम भुक्तानी गर्न सकिने पाठकले बताए ।
नेचुरलले केन्द्रिय कार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य कार्यालय काडाँघारीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार