दोलखा सहकारी संघमा हेमन्त चौलागाई निर्विरोध
दोलखा, २१ पुष ।

जिल्ला सहकारी संघ दोलखांको १४ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा हेमन्त चौलागाई निर्विरोध निर्वाचित भएका छन् ।
संघको १४ औँ वार्षिक साधारण सभा गत कात्तिक २१ गते सम्पन्न भएको थियो । साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि नयाँ नेतृत्वको विषयमा विवाद रहेको हुनाले साधारण सभा भएको करिब २ महिना पछि नयाँ समितिहरूले पद तथा सपथ ग्रहण गरेका हुन ।
संघको ११ सदस्यीय संञ्चालक समितिको एक उपाध्यक्ष, एक सञ्चालक सदस्य र लेखा सुपरिवेक्षण समितिको संयोजकमा विवाद रहेको थियो । उपाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकमा विवाद समाधान भए पनि एउटा सञ्चालक सदस्यमा विवाद कायमनै रहेको छ । एक जना संञ्चालक सदस्यको को लागी राजन श्रेष्ठ र नवराज रिजाल विच कुरा नमिल्दा विवाद कायमनै रहेको हो ।
संघको आगामी चार वर्षे कार्यकालको संचालक समितिको उपाध्यक्षमा देवि प्रसाद शर्मा, महासचिवमा कृष्ण प्रसाद दहाल, कोषाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठं) रहेका छन । यस्तै सञ्चालक सदस्यहरुमा दिल बहादुर के.सी, रुपा भुजेल, मिन कुमार खड्का, श्रीराज पोखरेल, सुमित्रा फुँयाल र पुष्पा शेर्पा रहेका छन ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रत्न बहादुर श्रेष्ठ, सदस्यहरुमा सपना श्रेष्ठ र बिकास चौलागाइ रहेका छन ।
नयाँ सञ्चालक समितिले पौष १८ गते पद तथा सपथ ग्रहण गरेका हुन । संघको कार्यालयमा आयोजित पद तथा सपथ ग्रहण कार्यक्रममा (नेफ्स्कून)का सञ्चालक जिवशराज खड्का, प्रदेश नं ३ सहकारी संघका महासचिव भिम प्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार