५ असार २०८३, शुक्रबार

प्रविधिमा शिखर साकाेसकाे फड्काे

२०७६ पुष १९, शनिवार
प्रविधिमा शिखर साकाेसकाे फड्काे

बिर्तामाेड,१९ पुष ।

शिखर बचत तथा ऋण सहकारी संस्था झापा बिर्तामोडले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली शुरु गरेको छ । सदस्यको सुविधाको लागि मोवाइल एप्समार्फत आर्थिक कारोबार गर्न सदस्यलाई सहज हुने बिश्वासका साथ शनिवार संस्थाले निर्माण गरेको मोवाइल एप्स सार्वजनिक गरेको हो । संस्थाले निर्माण गरेको शिखर एम वैंक एप्स संस्थाले सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष दिपेन्द्र राउतले ‘क्यासलेस कारोबार’ का लागि सहकारीले प्रयोग गर्न शुरु गरेको जानकारी दिए ।अध्यक्ष राउतले अब शिखरका सदस्यले चेकबुक, एटीएम र रकम बोकेर हिड्नु नपर्ने बताए । एप्सबाट सबै किसिमको खर्च गर्नका लागि सहज हुने बिश्वास रहेको जानकारी उनले दिए । मोवाइलमा ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली र बच्चाको स्कुलको फिस तिर्न समेत यो एप्सको मदतले सहज हुने बिश्वास सहकारीको रहेको बताइएको छ ।

‘प्रविधि सगँसँगै शिखर साकोस’ भन्ने नाराका साथ एप्सको प्रयोग गरेको सहकारीले सदस्यलाई क्यासलेस कारोबारमा प्रोत्साहन गर्ने लक्ष्य राखेको बताएको छ । संस्थाले निर्माण गरेको ‘क्युआर कोड’ बितरण गर्दै त्यसमार्फत भुक्तानी गर्न सदस्यलाई प्रेरित गर्ने बताएको छ । अहिले ५०० सदस्यले एप्स प्रयोग गरिरहेको तथा १ हजारले एसएमएस सुविधा लिएको अध्यक्ष राउतले जानकारी दिए | हाम्रो टेक्नोलोजी प्रालिले एप्स निर्माण गरेको हो । हाम्राे टेक्नाेलाेजीका सञ्चालक सञ्जय महासेठले एप्समार्फत कारोबार गर्दा आर्थिक रुपमा पुर्ण सुरक्षा हुने बताए । उनले एप्स बनाउँदा कुनै कमजोरी नगरेको जानकारी दिंदै बिगतमा बिभिन्न बैंकमा भएको ह्याकिङ सिस्टमलाई प्रभावकारी रुपमा ब्यवस्थापन गरिएको बताए ।

अभिलेख

लोकप्रिय