आईएमई को–अपरेटिभद्वारा ४५ आमालाई न्यानो कपडा वितरण
काठमाडौं, १८ पुष

आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडले ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आईएमई को–अपरेटिभको १० औं वार्षिक उत्सवको अवसरमा शुक्रबार कालिमाटीको सोल्टिमोड स्थिती ‘आमाको घर’मा रहेका ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण र आर्थिक सहयोग गरेको हो ।
‘आमाको घर’की सञ्चालिका दिलशोभा श्रेष्ठलाई संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले संयुक्त रुपमा कपडा र चेक हस्तान्तरण गरेका थिए । आईएमईले ५२ हजार २ सय रुपैयाँ बराबरको ४५ वटा स्विटर, एक छाक खाना र १० वटा ग्याँस सिलिण्डरको लागि २४ हजार रुपैयाँ सहयोग गरेको हो ।

ग्याँस नभएर खाना समेत खान नपाउने स्थिती भएका कारण संस्थाले १० वटा ग्याँस सिलिण्डर भर्नको लागि रकम उपलब्ध गराएको संस्थाका अध्यक्ष ढकाले बताए । चिसोको समयमा आश्रममा रहेको आमाहरुलाई न्यानोको लागि स्विटर वितरण गरेको अध्यक्ष ढकालको भनाई थियो ।
त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेको आमाहरुको लागि सहयोग गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार