[breaking news] जिल्ला सहकारी संघ काठमाडौंको नयाँ नेतृत्व निर्विरोध, अध्यक्षमा ज्ञानबहादुर तामाङ र महासचिवमा मनोज भण्डारी
काठमाडौं, १७ पुष ।
जिल्ला सहकारी संघ, काठमाडौंको नयाँ नेतृत्व सर्वसम्वत चयन भएका छन् । संघको नयाँ नेतृत्वका लागि परेको मनोनय दर्ता फिर्ता भएपछि निर्विरोध नयाँ नेतृत्व आएको हो ।
अध्यक्ष पदमा ज्ञानबहादुर तामाङ र वसन्त केशर पण्डित क्षेत्रीको उम्मेदवारी परेको । क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि तामाङ निर्विरोध भएका हुन् । उपाध्यक्षमा खेमराज सुवेदी निर्विरोध भएका छन् । त्यस्तै महिला सचिवमा सीता ढकाल निर्विरोध भएकी छिन् ।
महासचिवमा मनोज भण्डारी र जीतबहादुर तामाङ लामाको उम्मेदवारी परेको थियो । जसमध्ये तामाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सचिवमा बालकुमार वास्तोला निर्विरोध भएका छन् । कोषाध्यक्षमा सीता भट्टराई र गौतम कुमार पण्डितको उम्मेदवारी परेको छ । जसअनुसार पण्डितले उम्मेदवारी फिर्ता लिएका छन् । लेखा समिति संयोजकमा सुमन केसी निर्वारोध भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार