५ असार २०८३, शुक्रबार

काठमाडौं सहकारी निर्वाचन : राजनीतिक भागवण्डा मै नयाँ नेतृत्व

२०७६ पुष १६, बुधबार
काठमाडौं सहकारी निर्वाचन : राजनीतिक भागवण्डा मै नयाँ नेतृत्व

काठमाडौं, १६ पुस ।

नेकपा र कांग्रेसबीच सहमतीको प्रयास जारी


कांग्रेसीको माग : महासचिव सहित २ पदाधिकारी र चार सञ्चालक


नेकपा : अध्यक्ष र उपाध्यक्ष बाहेक एक पदाधिकारी र तीन सञ्चालक दिन तयार

जिल्ला सहकारी संघ काठमाडौंको निर्वाचन सहितको साधारणसभा आउन दुई दिन मात्र बाँकी छ । यतिबेला सहकारीकर्मीहरु सहमतीमै नेतृत्व चयन गर्न लागि परेका छन् । विशेष गरी नेकपा र नेपाली कांग्रेस निकट सहकारीकर्मी सहमतीनै नेतृत्व चयन गर्ने पक्षमा छन् । सहमतीको लागि पटक पटक छलफल चलिरहेको छ । तर, सहमती भने हुन सकेको छैन ।

स्रोतका अनुसार राजनीतिक भागवण्डा नमिल्दा सहमती हुन सकेको छैन । पार्टी एकिकरणपछि नेकपाको पकड जिल्ला संघमा छ । यदी चुनावै भएको अवस्थामा पुरै प्यानल नेकपाको आउँछ । तर पनि सहमती र सहकार्यको सिद्धान्तलाई टेक्दै सहमतीमै आगामी नेतृत्व चयन गर्ने पक्षमा नेकपा निकट सहकारीकर्मीहरु रहेका छन् ।

यता नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु भने चिन्तित् छन् । चुनाव लड्दा एक सिट पनि नआउने पक्का भएपछि उनीहरु सहमतीका लागि बारम्बार प्रयास गरीरहेका छन् । सहमतीमा नेतृत्व चयन गर्दा केही साथीहरु संघमा पुग्ने भएका कारण सहमतीकै प्रयासमा उनीहरु छन् । सकेसम्म धेरै सिट ल्याउन पक्षमा कांग्रेस निकट सहकारीकर्मीहरु छन् । तर, सकेसम्म कम सिट दिने पक्षमा नेकपा रहेका छन् । सबैलाई समेटेर लैजादा सन्देश पनि राम्रो जाने र काम गर्न पनि सहज हुने भएकाले कांग्रेसलाई समेट्ने पक्षमा नेकपा छ ।

कांग्रेस निकट सहकारीकर्मीहरु महासचिव सहित २ पदाधिकारी र चार सञ्चालक आफुहरुलाई दिन माग गर्दै आएको छ । तर नेकपा पक्षधरले भने अध्यक्ष उपाध्यक्ष बाहेक एक पदाधिकारी र तीन सञ्चालक मात्र दिन तयार छ । नेकपा यो बाहेक अन्य पद र सिट बढाउने पक्षमा छैन ।

तर, कांग्रेस सकेसम्म सिट बढाउने र यदी नभएको अवस्थामा त्यसैमा चित्त बुझाउने पक्षमा छ । भागवण्डाको टुंगो लागेपनि उम्मेदवार फाइन गर्ने तयारीमा नेकपा र कांग्रस रहेको छ ।

अभिलेख

लोकप्रिय