नेफ्स्कूनको नवनिर्वाचित टिमद्धारा पद तथा गोपनियताको सपथ
पौष ६, काठमाडौं ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)को नवनिर्वाचित सञ्चालक समितिले आज (आइतबार) औपचारिक रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
संघको २८ औं बार्षिक साधारण सभाद्धारा निर्वाचित सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र सिंखडाले सपथ गराउनुभएको थियो ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, महासंघका बरिष्ठ उपाध्यक्ष एवम् नेफस्कूनका सल्लाहकार मीनराज कंडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उपे्रती, बैंकका पूर्व अध्यक्ष एवम् महासंघका सञ्चालक सदस्य रमेश प्रसाद पोखरेल, निर्वतमान अध्यक्ष डी.बी. बस्नेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, महिला उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दीपक पनेरु, लेखा समिति संयोजक नवराज सापकोटा सहित सञ्चालक समिति सदस्यहरु, लेखा समिति सदस्यहरु र संघका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष बडालले नयाँ सञ्चालक समिति उर्जावान भएकोले नेफ्स्कूनलाई थप उचाईमा पुयाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले नयाँ समिति थप सशक्त ढंगले अघि बढ्ने आशा व्यक्त गर्नुभयो । महासंघका बरिष्ठ उपाध्यक्ष एवम नेफ्स्कूनका सल्लाहकार कँडेलले २८ औं साधारण सभाले सहज नेतृत्व हस्तान्तरणको गतिलो उदाहरण पेश गरेको बताउनुभयो । साकोस अभियानलाई नीति, विधि र प्रविधिमार्फत थप उचाईमा लैजाने दिशामा नयाँ सञ्चालक समिति प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा कँडेलले जोड दिनुभयो ।
त्यसैगरी, नेफ्स्कूनका निर्वतमान अध्यक्ष डी.बी. बस्नेतले नयाँ समितिलाई बधाई दिदैं सबै पूर्व अध्यक्षहरु वाचडगका रुपमा संघसँग आबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई समापन गर्दै नवनियुक्त अध्यक्ष परितोष पौड्यालले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै थप सशक्त, एकताबद्ध र जुझारु ढंगले जिम्मेवारीबोधका साथ साकोस अभियानलाई अघि बढाउने विश्वास दिलाउनुभयो । यस क्रममा संघका पूर्व अध्यक्षहरु, अभियानका अगुवाहरुको साथ र सहयोग नयाँ सञ्चालक समितिमा रहेको भन्दै अध्यक्ष पौड्यालले पदाधिकारीहरुको जोश, जाँगर र उत्साहको साथमा चुस्त व्यबस्थापनको सहयोगमा नेफ्स्कूनलाई गतिशिल बनाउने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले गतिको तीब्रतामा समयको मन्दी सम्भव भएकोमा जोड दिदै उहाँले थप तीब्रताका साथ साकोस अभियानको नेतृत्व दिने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आजै संघको कार्यालयमा नवनिर्वाचित पदाधिकारी, सञ्चालक समिति तथा लेखा समिति सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार