१ फागुन २०८१, बिहिबार

सहकारी बहस : नेफ्स्कूनको नेतृत्व कस्तो हुनुपर्दछ ?

२०७६ पुष २, बुधबार
सहकारी बहस : नेफ्स्कूनको नेतृत्व कस्तो हुनुपर्दछ ?

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को साधारणसभाको मिति नजिकिए सँगै सहकारीकर्मीको दौडधुप र व्यस्तता बढेको छ । पुष ४ र ५ गते हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ । नेतृत्वका लागि धेरै सहकाकर्मीहरुको दौडधुप छ । नेतृत्वमा पुग्न शक्ति केन्द्र धाउनेदेखि मतदाता फकाउनेकाम चलिरहेको छ । विभिन्न कार्यक्रमको आयोजना गरि छलफल र सहमतिको प्रयास भईरहेको छ । यसै सन्दर्भमा सहकारीखबरले अबको नेतृत्व कस्तो हुनुपर्दछ भनेर केही सहकारीकर्मी र पत्रकारसँग कुराकानी गरेका छौं । नेपालमा उत्कृष्ठ मध्येका केही साकोस प्रमुखहरु सँग कुराकानी गरेका छौं ।

नेपालका उत्कृष्ठ साकोस प्रमुख कस्तो नेतृत्व चाहन्छन् ?

‘रोल मोडेल व्यक्ति हुनुपर्दछ’

कृष्णकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत
चन्द्रागिरी साकोस, काठमाडौं

 


सक्षम नेतृत्व छनोटको लागि प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास हो । यसको साथै हाल सहकारी संघ÷संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा प्रचलित अभ्यास भने लाखौं सदस्यहरुको हितमा छ की छैन भनेर सोच्न जरुरी छ ।


खासगरी सक्षम, योग्य व्यक्तिहरु सदस्यहरुले स्वतन्त्र रुपले छान्न पाउनु पर्नेमा सदस्यले छान्नुभन्दा पहिला विभिन्न राजनीतिक पार्टीले छानेर पठाउने जुन परम्परा हाम्रा संघ संस्थाहरुमा बस्दै आईरहेका छन् । कालान्तरमा यो अभियानको लागि हानिकारक नै सिद्ध हुन्छ । किन भने छानिएका व्यक्ति जो र जहाँबाट छानिन्छन् उनीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यही र तिनिहरु प्रति उत्तरदायी हुने गर्दछन् । कतै हाम्रो नेतृत्व आफ्नो गाँस काटेर बचत गर्ने तमामती सदस्यहरु प्रतिभन्दा अन्त कतै बढि उत्तरदायी हुने हुनकी भन्ने चिन्ता र चासो आम समुदायले लिनु पर्दछ ।

विशेष गरी नेफ्स्कुन जस्तो केन्द्रिय संघमा नेतृत्वमा पुग्ने व्यक्ति एक प्रकारको रोल मोडेल व्यक्ति हुनु पर्दछ । त्यो व्यक्तिले प्रतिनिधित्व गरेको संस्था, उसले गरेको अभ्यास, उसका आचरण, व्यवहार र उसको क्षमता सबै नमुना लायक भए भने अभियान भित्र सुद्धिकरण आफसेआफ हुन्छ ।

त्यसैगरी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फोरमहरुमा दशकौंसम्म सफलताको कथा बताईरहेका ठूलाठूला सहकारी संस्थाहरु एकाएक असफल भएका उदाहरणहरु पनि हाम्रा सामु छन् । यसको प्रमुख कारण भनेको सहकारी संघ संस्था सिमित व्यक्तिमा निर्भर हुनु र सुशासनको कार्य ढाँचा लागु गर्र्न नजर अन्दाज गर्नु हो । तसर्थ संघ संस्थाको नेतृत्वमा आउने व्यक्ति खुल्ला हृदयः अरुलाई अवसर लिनको लागि प्रेरित र प्रोत्साहित गर्ने, खुल्ला ईच्छाः साहसिक कदम उठाउन र जोखिम मोल्ने ईच्छा शक्ति राख्नेखुल्ला सोचः निरन्तर सिकाई र बृद्धि गरिरहनुको साथै सुशासनलाई विना कुनै सम्झौता लागु गर्ने अठोट भएको व्यक्ति हुनु पर्दछ ।
नेफ्स्कुन केन्द्रिय संघहरु मध्ये सबैभन्दा बढि व्यावसायिक केन्द्रिय संघ हो । जो संग धेरै विधि, प्रविधि र समाधानहरु छन् । सिंगो बचत तथाऋण सहकारी अभियानलाई नै आवश्यक नेतृत्व चयन गर्न सक्नुपर्दछ ।

‘डाइनामिक नेतृत्व साकोस अभियानले चाहेको छ’

माधवप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत
विकू साकोस, नपलपरासी

 

नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । देश संघीय संरचनामा गैसकेको अवस्था र नयाँ सहकारी ऐन, नियमावली जारी पनि भैसकेको छ । यी नयाँ संरचना र कानुनी पाटोलाई अगाडी बढाएर लैजान सकिने हैसिय भएका व्यक्तिहरु नेतृत्वमा आउनु पर्दछ ।
अहिलेको सहकारी अन्दोलन आधुनिक अभियान हो । आधुनिकता सँगै सहकारीलाई अघि बढाउने हिम्मत, आँट, नयाँ जोश, नयाँ शैली, सृजनशिलता, डाइनामिक नेतृत्व अभियानले चाहेको छ ।
राजनीतिक हिसाबले आफूलाई पृथक राखेर स्वतन्त्र, सामाजिक रुपान्तरणको लागि सहकारी अभियान हो भनेर लैजान सक्ने व्यक्ति नेफ्स्कूनको आवश्कता हो ।

नेफ्स्कूनले नेपालमा सहकारीको आवश्यकता कती हो ? यसको पहिचान गर्नुपर्दछ । सहकारीको वर्गिकरण पनि त्यतिकै महत्वपूर्ण कुरा हो । एक करोडको ब्यालेन्ससिट भएको संस्था र अर्बभन्दा माथीको सहकारीलाई एउटै रुपमा हेरिनु हुँदैन । नियमनको कुरादेखि ऐन कानुन पनि फरक फरक खालको हुनु आवश्यक छ । एचआर बैंकको पनि पहिलो आवश्यकता छ । दक्ष जनशक्ति उत्पादन गर्नको लागि यो आवश्यक छ । अबको दिनमा प्रविधिलाई आत्मसाथ गर्न सकेनौं भने पछि पर्दछौं । यी र यस्ता काममा आगामी नेतृत्वले ध्यान दिनुपर्दछ ।

‘नेतृत्वमा आउने व्यक्तिको संस्था पनि राम्रो हुनुपर्दछ’

मिलन ढकाल, मुख्य प्रबन्धक
पोखरा रोयल साकोस, कास्की

 

पहिलो कुरा त संस्था राम्रो हुनु आवश्यक छ । प्रारम्भिक राम्रो बनाएर मात्र नेफ्स्कूनको नेतृत्व आउनु पर्दछ । सुशासन कायम गरेर कानुनी दायित्व पुरा गरेका संस्थाहरु छन् । सुशासनमा राख्न सक्ने व्यक्ति आवश्यक छ । आफू पनि सुशासनमा चलेको र नेफ्स्कूनलाई पनि सुशासनमा राख्न सक्ने व्यक्ति आवश्यक छ । यदी यस्तो व्यक्ति नेतृत्वमा आएको खण्डमा मात्र नेफ्स्कूनले प्रगती गर्न सक्छ । जुन व्यक्तिको प्रारम्भिक संस्था सुशासन कायम गराउन सकेको छैन त्यसले नेतृत्वमा गएर के सुशासन कायम गराउन सक्छ ?

सकोसको विकास र सुशासनमा नेफ्स्कूनले खेलेको भूमिका राम्रो छ । दक्ष जनशक्ति आवश्यक छ । जनशक्ति बढाउनु पर्ने आवश्यकता छ । सदस्यलाई सेवा दिन सकिराखेको छैन । नेफ्स्कून व्यवसायिक छ । सबै साकोसलाई आवद्ध गराउनु पर्ने आवश्यकता छ ।

‘क्षमतावान व्यक्ति चाहिन्छ’

केबी लामा, मुख्य प्रबन्धक
बिन्दवासिनी साकोस, काभ्रे


नेफ्स्कूनमा सक्षम नेतृत्व आवश्यक छ । साकोस अभियानलाई नेतृत्व गर्न सक्ने क्षमतावान व्यक्ति चाहिन्छ । राजनीति गर्ने माध्यम सहकारीलाई बनाईनु हुँदैन । सहकारी अभियानमा नेतृत्व गर्न सक्ने नेता नै चाहिन्छ । सर्वप्रथम त नेफ्स्कूनमा नेतृत्व गर्छु भनेर अघि सर्ने नेताहरुको संस्था दिगो र बलियो हुनु आवश्यक छ । संस्थानै नभएका नेताहरु पनि हाम्रो अभियानमा नेतृत्व तहमा छन् । सकभर त्यस्ता व्यक्तिहरु नेफ्स्कूनमा नभएकै राम्रो । नेफ्स्कूनले नेपालको साकोस अभियानमा गरेका कामहरु धेरै राम्रा छन् । विभिन्न ब्राण्डका कार्यक्रम चलाएका छन् । ब्राण्ड प्राप्त गरेका संस्थाहरुको प्रतिनिधित्व आवश्यक छ । आफ्नो संस्था बलियो भएको अवस्थामा मात्र नेतृत्व लिन तयार रहनु पर्दछ । आफू प्रतिनिधित्व गर्ने संस्था भद्रगोल हुने र त्यस्ता व्यक्ति नेफ्स्कूनको नेतृत्व गर्दा परिणाम कस्तो आउला ? नेतृत्व लिन मात्र अघि सरेर हुँदैन । नेतृत्वमा बसिसकेपछि अभियानमा राम्रा काम गरेर देखाउनु पर्दछ ।

व्यावसायिक व्यक्तिको नेतृत्व आवश्यक

यादव हुमागाई, पत्रकार
कारोबार दैनिक

 

नेपालको सहकारी अभियानमा सबैभन्दा धेरै संस्था र विकृत्ती भएको क्षेत्र बचत तथा ऋण सहकारी संस्था नै हुन् । यी संस्थाहरुमा विकृती बढ्नुमा एक अभिभावको रुपमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले पनि नेतृत्व लिनुपर्छ । किनकी कुनै बच्चा बिग्रनुमा अभिभावको जिम्मेवारी पनि हुन्छ ।

अहिलेसम्म नेफ्स्कूनले थोरै र राम्रोसँग चलेका संस्था लिएर मात्र लिएर कमजोर तथा बिग्रेका संस्थालाई वेवास्ता गर्दै आएको छ र उनीहरुको जिम्मेवारी लिन यो वा त्यो कारण देखाएर पन्छिदै आएको छ । तर छाता संगठनको हिसावले नेफ्स्कून पन्छिन मिल्दैन । नेफ्स्कूनमा व्यवसायीक भन्दा राजनीतिक नेतृत्व हावी हुँदा यो अवस्था आएको हो । त्यहाँ आउने नेतृत्व सहकारी अभियान सुधार्न भन्दा पनि कुर्सी, यसबाट सामाजिक प्रतिष्ठाका साथसाथै आफ्नो व्यक्तिगत फाइदा हेर्ने नै बढी पुगेको देखिन्छ । जसका कारण बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्ने इच्छाशक्ति भएको र उच्च व्यावसायिक व्यक्तित्व नेफ्स्कूनले पाउनुपर्छ ।

अभिलेख

लोकप्रिय