५ वैशाख २०८३, शनिवार

हिरो सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने तयारी

२०७६ मंसिर २७, शुक्रबार
हिरो सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने तयारी

काठमाडौं, २७ मंसिर

काठमाडौं महानगरपालिकाले हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न लागेको छ ।

महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लामो समयदेखि उक्त सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेपछि समस्याग्रस्त घोषणा गर्न लागिएको हो ।

सिनामंगलमा रहेको भनिएको हिरो बचत तथा सहकारी संस्था विगत ५ वर्ष देखि सम्पर्क बिहीन भएको महानगरपालिका सहकारी विभागको भनाई छ ।

उक्त सहकारीका सञ्चालन लामो समसम्म सम्पर्कमा नआएपछि ७५ जना पीडितहरुले सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागमा निवेदन दिएका छन् । उक्त सहकारी महानगरको क्षेत्राधिकार भित्र परेपछि महानगरले समस्याग्रस्त घोषणा गर्न लागेको बताइएको छ ।

सहकारीले ७५ हजारदेखि ८ लाख रुपैयाँसम्म ठगेको भन्दै निवेदन परेको महानगरको सहकारी विभागले जनाएको छ । विभागमा निवेदन परेपछि विगत १ वर्षदेखि सहकारीका सञ्चालकलाई खोजी गर्दा सञ्चालकहरु फेला नपरेको बताइएको छ । उक्त सहकारी २०६४ सालमा दर्ता भएको र २०६८ सालदेखि बचत तथा ऋणको कारोबार नभएको देखिएको छ ।

अभिलेख

लोकप्रिय