पहिलो चौमासमा नवजीनव सहकारी मुनाफा १ करोड ५० लाख
कैलाली, २७ मंसिर ।

कैलाली जिल्लाको धनगढीमा प्रधान कार्यालय रहेको नवजीनव सहकारीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोड ५७ लाख २७ हजार मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०७६ को कात्तिक मसान्तसम्म संस्थाले ३ अर्ब १३ करोड रुपैयाँ बचत संकलन गरेको छ । १८ करोड २० लाख सेयर पुँजी रहेको यस संस्थाले कात्तिक मसान्तसम्ममा २ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थामा १९ हजार ९ सय ३९ जना सदस्य आवद्ध भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा १३ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको संस्थाका उपाध्यक्ष गोविन्दराज जोशीले बताए ।
संस्थाले प्रधान कार्यालयको साथै कैलालीको टीकापुर, अत्तरिया, सुख्खड, जोशीपुर र बर्दियाको बाँसगढीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
चलु आर्थिक वर्ष भित्र संस्थाले काठमाडौंसहित थप ६ स्थानमा सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको जोशीले बताए । संस्थाले काठमाडौं नयाँ बानेश्वरमा सेवा केन्द्र विस्तार गरी सदस्यलाई वित्तीय सेवा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै कञ्चनपुरको आई.बि.आर.डीमा सेवा केन्द्र विस्तारको अन्तिम तयारी हुँदै छ । पुसको अन्तिमसम्ममा कारोबार सुरु गर्ने जोशीले बताए । त्यस्तै कैलालीको राजपुर, चौमाला, हसुलिया र डडेल्धुराको खलंगामा सेवा केन्द्र यसैवर्ष भित्र स्थापना गर्ने तयारी संस्थाले गरेको जोशीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार