सहकारीमा सेवा शुल्क तोकियो, बढीमा १ प्रतिशत र नविकरण शुल्क ०.२५ प्रतिशत मात्र लिन पाउने
काठमाडौं, २४ मंसिर ।

अब सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋणमा बढीमा एक प्रतिशस मात्र सेवा शुल्क लिन पाउने भएको छ ।
यदी कुनै पनि सहकारीले एक प्रतिशतभन्दा बढी सेवाशुल्क लिएका कारबाही हुनेछ । त्यस्तै ऋण नविकरण गर्दा ०.२५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएको छ ।
प्रदेश ३ सहकारीले जारी गरेको ‘प्रदेश सहकारी ऐन–२०७६’ को परिच्छेद ७ को दफा ६३(३) अनुसार ऋणमा एक प्रतिशत र नविकरण गर्दा ०.२५ प्रतिशत सेवा शुल्क तोकिएको हो ।
तर सहकारी संस्थाले ५ प्रतिशतसम्म सेवा शुल्क सदस्यहरुबाट असुल्दै आएका छन् ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यदी कुनै संस्थाले ऐनमा तोकिएभन्दा बढी सेवा शुल्क लिएमा तत्काल कारबाही गर्ने जनाएको छ । बढी सेवा शुल्क लिने सहकारी संस्था विरुद्ध मन्त्रालयमा उजुरी समेत गर्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रदेश ३ सरकारको क्षेत्रअधिकार भित्र करिब ३२ सय सहकारी संस्था रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार