५ वैशाख २०८३, शनिवार

शुक्रपथ सहकारीद्वारा माईती नेपाललाई खाध्यान्न सहयोग

२०७६ मंसिर १८, बुधबार
शुक्रपथ सहकारीद्वारा माईती नेपाललाई खाध्यान्न सहयोग

काठमाडौं, १८ मंसिर।

न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले विश्व अपांग दिवसको अवसरमा माईती नेपाल संस्थालाई खाध्यान्न तथा फलफूल वितरण गरेको छ ।

संस्थाले माइती नेपाल संस्थामा रहेका शारिरिक अशक्तहरुकालागि एक लाख रुपैयाँ बराबरको खाद्यान्न तथा फलफूल वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए ।

कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय