पञ्चशील बन्यो सहकारी बैंकको सबैभन्दा धेरै सेयर किन्ने संस्था
ललितपुर, ३ मंसिर

ललितपुरको कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकको ४१ लाख रुपैयाँको सेयर थप गरेको छ ।
यस अघि संस्थाले ६० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको थियो । पञ्चशील अब ललितपुर जिल्लाको सबैभन्दा धेरै सेयर खरिद गर्ने संस्था भएको छ ।
बैंकले केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच थप शेयर खरीद गरेकोमा सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा बैंकका अध्यक्ष के.वी. उप्रेती, संचालक रामहरी बजगाईं र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंसहित बैंकका विभागीय प्रमुखहरुको उपस्थितिमा संस्थालाई सम्मान गरिएको बैंकले जनाएको छ ।
संस्थाले बैंकको लगनखेल शाखा कार्यालयमार्फत नियमित कारोवार गरिरहेको छ ।
सम्मानपछि बोल्दै पञ्चशील बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजु खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको आफ्नै बैंक भएकोले संस्थाले बैंकको थप शेयर लिएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार