१४ भदौ २०८३, आईतवार

सहकारीबाट सुधारिँदै पूर्व कमलहरी

२०७६ कात्तिक २६, मङ्गलबार
सहकारीबाट सुधारिँदै पूर्व कमलहरी

घोराही, २६ कात्तिक ।

कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरी अहिले सहकारीमा सक्रिय भएर सुधारको बाटोतर्फ उन्मुख भएका छन् । कमलहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा अहिले सहकारी सञ्चालन भएका हुन् ।

हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ सहकारी सञ्चालनमा आएका छन् । ती सहकारीले कमलहरीलाई प्रत्यक्ष रूपमा आर्थिक क्रियाकलापको काम गराइरहेको पूर्व कम्लहरी उर्मिला चौधरीले बताए । ‘हाम्रो सहकारीले पूर्व कम्लहरीलाई निःशुल्क सीप सिकाउने र निःशुल्क ऋण उपलब्ध गराउने गरेको छ । मैले पनि सहकारीबाट ऋण लिएर किराना पसल थापेकी हूँ’, उनले भने । सहकारीले घुम्तीकोष र मासिक बचतमार्फत रकम संकलन तथा ऋण लगानीसँगसँगै आफूहरूलाई तरकारीखेती, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको पूर्व कम्लहरी चौधरीले बताए । यसले आफूहरूकोे आर्थिक विकासमा टेवा पुगेको र आत्मनिर्भरतर्फ उन्मुख गराएको उनको भनाइ थियो । स्थापनाकालदेखि नै लावाजुनी सहकारीमा आवद्ध मुक्त कम्लहरी विकास मञ्चकी पूर्वअध्यक्ष सुनिता चौधरीले अव सहकारीमार्फत लाखौं रुपौयाँको कारोवार गर्न सकिएकामा खुशी व्यक्त गरे ।

सहकारीमा आबद्ध भएकै कारण आफूहरूले अहिले छोटो तथा लामो समयको तालीम लिएर व्यवसाय सञ्चालन गरेको उहाँको भनाइ थियो । तालिम मात्र होइन मुक्त भएका कम्लहरीले बिना ब्याज ऋण लिएर चिया नास्ता, फ्रेस हाउस, बाख्रापालन, सिलाइ कटाइ, गार्मेन्ट, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब, असिस्टेन्ट, अटोमोवाइलजस्ता व्यवसाय सञ्चालन गरिरहेको पूर्वअध्यक्ष चौधरीले जानकारी दिए । उक्त मञ्चका अनुसार अहिले स्थापना भएको लावाजुनी सहकारीमा ४८ प्रतिशत मुक्त कमलहरी, १८ प्रतिशत उनीहरुका परिवार र ३४ प्रतिशत अन्य परिवार आबद्ध छन् ।

उक्त सहकारीमा हाल करीब १२ हजार १४४ सेयर सदस्य पुगेकामा पाँच हजार ८०० मुक्त कमलहरी मात्रै रहेका छन् । सहकारीको कोषमा हालसम्म ७ करोड, ९८ लाख ५२ हजार ७ सय २० रुपैयाँ र सो मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा १ करोड ५ लाख ४४ हजार १६ रुपैयाँ गरी जम्मा ९ करोड, ३ लाख, ९६ हजार ७ सय ३६ रुपैयाँ पुँजी छ । सहकारीबाट ऋण लगेर मात्रै करिब ३ सय ८७ मुक्त कमलहरीले व्यवसाय गरिरहेको सो मञ्चले जनाएको छ भने सहकारीमार्फत नै १ हजार ७ सय २१ ले छोटो अवधि र ४ सय ४८ ले लामो अवधिको तालिम लिई स्वरोजगारतर्फ उन्मुख भएका छन् । यस वर्ष मात्रै ३ सय ४० जनाले छोटो अवधिको तालिम लिएका थिए ।

कारोबार दैनिकबाट साभार

अभिलेख

लोकप्रिय