जेष्ट आईडियोलोजीको साधारण सभामा संस्कृतिविद् जोशीसहित बाँस्कोटा र यात्री सम्मानित
काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

१० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ । सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्री लाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले संस्थाले एक दशक पार गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार