हिलटप सहकारीमा पुनः वासुदेव घिमिरे
काठमाडौं, २८ भदौ

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः वासुदेव घिमिरे चयन भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको १०औँ साधारणसभाले आगामी चार वर्षका लागि घिमिरेको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
‘यस वर्षभित्रै कम्तिमा एक स्थानमा सदस्य सेवा कार्यालय स्थापना गर्नेछौँ,’ अध्यक्ष घिमिरेले भने, ‘सदस्यता शुल्क पनि पाँच सयबाट एक सय रुपैयाँ कायम गरेका छौँ ।’ यस आर्थिक वर्षदेखि सहकारीका ज्येष्ठ सदस्यको ५० हजारसम्मको स्वास्थ्य बिमा, एकल महिलालाई दुई लाखसम्म ऋण लगानी गर्दा व्यवस्थापन शुल्क छुट र सहुलियत ब्याजदरमा उद्यमशील कर्जा र फरक क्षमता भएका, शारीरिक रुपमा अशक्त सदस्यहरुलाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने अध्यक्ष घिमिरेले बताए ।
संस्थाको उपाध्यक्ष देवी खड्का, सचिव सागरप्रसाद बख्रेल, कोषाध्यक्ष विनोदकुमार थापा चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सुमनविक्रम थापा, नवीनकुमार तण्डूकार, किरण मोक्तान, अर्जुन कार्की र दानकुमारी राई छन् । त्यसैगरी, संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक नारायणदेव श्रेष्ठ, लेखा सुपरीवेक्षण समिति सदस्यमा अंगबहादुर खड्का र डा. केशवप्रसाद श्रेष्ठ छन् । कार्यक्रममा स्थापनाकालदेखि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सातजना सेयर सदस्यहरूलाई सम्मानित पनि गरेको छ ।
चार करोड ४९ लाख कूल आम्दानी गरेको संस्थाको खर्च तीन करोड ४४ लाख छ । गत आर्थिक वर्षको ४२ लाख ७१ हजार पाँच सय ३७ रुपैयाँ नाफाबाट सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रबन्ध सञ्चालक सुमनविक्रम थापाले बताए ।
एक हजार नौ सय ७० सेयर सदस्य रहेको संस्थाले चालू आर्थिक वर्षभित्र चार हजार एक सय २५ र आगामी चार वर्षमा सात हजार सदस्य पु¥याउने लक्ष्य लिएको छ । हाल रहेको तीन करोड ८ लाख ११ हजार ६ सय चुक्ता पुँजीलाई चालू आवभित्र पाँच करोड र आगामी चार वर्षमा ६ करोड ५० लाख पु¥याउने लक्ष्य लिइएको छ । त्यस्तै, आगामी चार वर्षमा बचत ३७ करोड र ऋण लगानी ४० करोड ५५ लाख पु¥याउने, विभिन्न तीन स्थानमा सेवा केन्द्र स्थापना गर्ने, विभिन्न २९ वटा सामुदायिक कार्य गर्ने, बाह्य ऋण ५ प्रतिशतमा झार्ने, लघुवित्त समूह संख्या ५० पु¥याइने, भाखा नाघेको ऋणलाई दुई प्रतिशतमा सीमित गर्ने, संस्थागत पुँजी १० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली जिल्ला कार्यक्षेत्र विस्तार गरी जुनार, पशुपक्षी तथा कृषिसँग सम्बन्धित कार्यहरु गर्ने लक्ष्य संस्थाको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार