पत्रकार यादव हुमागाई सम्मानित
काभ्रे, २७ भदौ

कारोबार दैनिकमा कार्यरत पत्रकार यादव हुमागाई सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
पत्रकारितामार्फत् सहकारी क्षेत्रको वृत्तिविकासमा योगदान पु¥याएको भन्दै उनलाई जिल्ला सहकारी संघ काभ्रेको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभामा सम्मान गरिएको हो । कार्यक्रममा संघको विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिका साथै जिल्लाका उत्कृष्ट संस्थाहरुलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने दाबी गर्दै सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने र बढीभन्दा बढी सहकारीलाई व्यावसायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड दिइन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार