श्री केदारनाथ साकोसको अध्यक्षमा बडाल
दार्चुला, २२ भदौ । महाकाली नगरपालिका–४, दार्चुलाको श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले हरकसिंह बडाललाई अध्यक्षमा चयन गरेको छ । संस्थाको संचालक समितिको उपाध्यक्ष शान्ति जोशी, सचिवमा सुरेन्द्र बहादुर बम, कोषाध्यक्षमा जयन्ती बम, सदस्यहरु जमन सिंह महरा, विनोद सिंह कुँवर र मन्जु कुँवर रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा किसन सिंह कुँवर र सदस्यहरुमा कौशिला धामी (महरा) र हरक सिंह बडाल चयन भए ।
केदारनाथ साकोस जिल्लाकै ठूलो र पुरानो सहकारी संस्था हो । संस्थामा २ हजार ९ सय ६४ जना सदस्य रहेको छ ।
संस्थाको सेयर ९५ लाख १५ हजार, लगानी ८ करोड ६४ लाख र बचत ४ करोड ३६ लाख रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार