महिला उद्यमी सहकारीद्वारा खसि बोका बिक्री केन्द्रको स्थापना
पहिलो दिन नै करिब ९ लाखको कारोबार

चितवन, २२ भदौ
चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको एक महिला सहकारीले खसिबोका केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाको चण्डिभञ्ज्याङ्ग महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा खसीबोका बिक्री केन्द्रको स्थापना गरेको हो । केन्द्रको आज शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन । केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै किसानहरुले गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताइन । उनले भनिन्, ‘गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या हुदैन र किसानहरुले पनि आफ्नो उत्पादनको मुल्य राम्रो लिन सक्छ ।’
यस्तै विभिन्न संस्थाहरुसँगको साझेदारीमा साढे ५ लाख खर्च गरी केन्द्रको निर्माण गरिएको संस्थाका अध्यक्ष रश्मी गुरुङले जानकारी दिईन । गुरुङका अनुसार बिक्री केन्द्र निर्माणको लागि इच्छाकामना गाउँपालिकाको २ लाख ५० हजार, हेफर इन्टरनेशनलको २ लाख र सहकारीको १ लाख लगानी परेको छ । केन्द्रको सञ्चालनसँगै किसानहरुको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको उनले बताईन् ।
पहिलो दिन ९ लाखको कारोबार
यसैबिच सहकारीले निर्माण गरेको खसीबोका केन्द्रको उद्घाटनको दिन नै उत्साहजनक कारोबार भएको संस्थाका अध्यक्ष रश्मी गुरुङले जानकारी दिइन । गुरुङका अनुसार पहिलो दिन करिब ६१ वटा खसीबोका बिक्री भएको र सो बाट करिब ९ लाख रुपैयाँ कारोबार भएको छ । केन्द्रमा ४० केजी भन्दा माथिको खसीबोकाको ५ सय रुपैयाँ प्रति किलो, ३० देखि ४० किलोसम्मको ४ सय ७० रुपैयाँ र २० देखि ३० केजीसम्मको ४ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार