प्रदेश नं. ३ बचत संघ गठन, अध्यक्षमा उद्धव सापकोटा
हेटौंडा, २२ भदौ

प्रदेश नं ३ बचत तथा ऋण सहकारी संघ दर्ताको लागि फाइल पेश भएको छ ।
आइतबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ मा फाइल पेश भएको हो । १३ वटा जिल्ला बचत संघ र विभिन्न प्रारम्भिक सहकारी संस्थाको नेतृत्वमा संघ गठनको लागि फाइल पेश भएको हो ।
सहकारीकर्मीहरुले संघ दर्ताको लागि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीलाई फाईत हस्तान्तरण गरेका हुन् । अब मन्त्रालयले दर्ता प्रक्रिया अघि बढाउने छ ।
संघको तर्दथ समितिको अध्यक्षमा उद्धव सापकोटा (काभ्रे) रहेका छन् । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ (काठमाडौं) र महिला उपाध्यक्षमा राधा सिन्तान (मकवानपुर) रहेका छन् । त्यस्तै महासचिवमा जिवसराज खड्का (दोलखा), सचिवमा कमलराज अधिकारी (काठमाडौं), कोषाध्यक्षमा दापबहादुर श्रेष्ठ (धादिङ) रहेका छन् । त्यस्तै सदस्यहरुमा रामहरि केसी (दोलखा), इन्द्र घिमिरे (ललितपुर) लगायत रहेका छन् ।
त्यसैगरी भने लेखा समिति संयोजकमा केशव दंगाल (काठमाडौं) रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार