अब नेचुरल सहकारीका सबै सदस्यको बिमा
काठमाडौं, भदौ २२

नेपालका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनको समन्वयमा जोरपाटीस्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. र सिटिजन लाइफ इन्स्योरेन्सबीच बिहीबार एक बीमा सहमति भएको छ ।
साकोसको जोरपाटीस्थित कार्यालयमा आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र नेचुरल साकोसका प्रबन्ध निर्देशक विकल्प पाठकले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, व्यबसाय अधिकृत सुभाष गौतम र सिटिजन लाइफ कि बरिष्ठ प्रबन्धक रीता पाठक सहभागी थिए । नेफ्स्कूनले आफ्ना सदस्य साकोसहरुमार्फत लघुबीमा कार्यक्रम सञ्चालन गर्ने बिषयमा सिटिजन लाइफसँग गरेको सहमति अनुरुप नेचुरल साकोसले उक्त कार्य प्रारम्भ गरेको हो ।
सहमतिसँगै नेचुरल साकोसका सबै सदस्यहरु अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग बिमित हुनसक्नेछन् । संस्थाबाट कर्जा सुविधा लिनेहरु र उनीहरुका नजिकका आफन्तको जीवनमा आइपर्ने अकल्पनीय क्षतिको रक्षावरण हुने विषय बीमामा समाविष्ट छ । सहमति अनुसार सदस्यहरु र उनीहरु प्रत्येकका एक जना हकवालाको असामयिक निधन भएमा संस्थाबाट प्रदान गरिने सहयोग रकममा बीमा कम्पनीले किरिया खर्च वापत थप ३० हजार प्रदान गर्नेछ । यसैगरी, इन्स्योरेन्स कम्पनीले संस्थाका सदस्यको आकस्मिक दुर्घटना भएमा बीमा रकमको दोब्बर र प्राकृतिक मृत्युमा बीमा रकम बराबरको रकम प्रदान गर्ने छ ।
सिटिजन लाइफको लघुबीमा कार्यक्रम अन्तर्गत सदस्यहरुले संस्थाबाट लिएको कर्जा रकममा बढी नहुने गरी हाललाई कम्तिमा १० हजारदेखि बढीमा १० लाख रुपैयाँ सम्मको बीमा सुविधा प्रदान गर्ने संस्थाका प्रबन्ध निर्देशक विकल्प पाठकले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार