नेपालका २४ साकोसले पायो एक्सेस ब्राण्ड
काठमाडौं, १८ भदौ
नेपालका २४ वटा बचत तथा ऋण सहकारी संस्था (साकोस)ले एक्सेस गुणस्तर प्रमाणपत्र पाउन सफल भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहकार्यमा एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष नेपालका ८ वटा साकोसले रजत र १६ वटा साकोसले कास्य स्तर प्राप्त गर्न सफल भएका हुन् ।

२०७६ साउनदेखि भाद्रसम्म एशियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकद्धारा विभिन्न ४ विधा (संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धि) मा कुल ८६ वटा सूचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेका थिए ।
एक्सेस ब्राण्ड प्राप्त गर्न सफल साकोसहरु
क) रजत स्तर (Silver Brand) प्राप्त साकोसहरुः
१. विन्धबासिनी साकोस, काभ्रेपलाञ्चोक
२. जनकल्याण साकोस, धादिङ
३. जनसचेतन साकोस, दोलखा
४. जनउत्थान साकोस, रुपन्देही
५. किसानकल्याण साकोस, सुनसरी
६. मनकामना साकोस मोरङ
७. मिलिजुली साकोस, दोलखा
८. सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
ख ) कास्य स्तर (Bronze Brand) प्राप्त साकोसहरु
९. बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक
१०. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
११. दाम्राभिटा साकोस, मोरङ
१२. गैंडाकोट स्वाभिमान साकोस, नवलपुर
१३. ग्रामिण साकोस, नवलपरासी
१४. हाम्रो जनकल्याण साकोस, दोलखा
१५. इटहरा साकोस, मोरङ
१६. किसान साकोस, नवलपुर
१७. कोलिय देवदह साकोस, रुपन्देही
१८. महिला साकोस, सुनसरी
१९. परोपकार साकोस, नवलपुर
२०. श्री बाराही साकोस, भक्तपुर
२१. सिद्धिगणेश साकोस, भक्तपुर
२२. सिको साकोस, बर्दिया
२३. उपकार साकोस, भक्तपुर
२४. विकु साकोस, नवलपुर
(ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुको नामावलीलाई अंग्रेजी वर्णानुक्रमअनुसार रहेको छ)
एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं.२०६५ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६४ बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार