पाँचतारा साकोसको अध्यक्षमा भोलानाथ पाठक
काठमाडौं, १६ भदौ

पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् ।
नेफ्स्कुनकाअध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा शुभकामना मन्तब्य दिँदै अध्यक्ष बस्नेतले नेफ्स्कुनले सञ्चालन गरेका ३ मध्ये एउटा ब्राण्डिङ कार्यक्रममा संस्थालाई सहभागि गराउन सुझाव दिए । नेफ्स्कुनको मुलधारमा आएर नीति, विधि र प्रविधिमा अगाडि बढे संस्थाले छुट्टै पहिचान बनाउने बताए ।
अध्यक्ष पाठकले आफूलाई पूनः संस्थाको नेतृत्व लिने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाए । सदस्यहरुले दिएको दायित्वलाई पूरा गरेरै छाड्ने र सबैको सहयोग र सद्भावको अपेक्षा उनले गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार