चाइना ट्रेड सहकारीको १२ अाैं साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: दुर्गाबहादुर श्रेष्ठ
काठमाडौं, १५ भदाै

चाईना ट्रेड बहुउद्देस्यीय सहकारी संस्था लिमिटेडको १२ औं वाषिक साधारण सभाले आगामी ४ वर्षको लागि नयां नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । दुर्गाबहादुर श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा रमेश कुमार श्रेष्ठ उपाध्यक्ष, अमृत कुमार खड्का सचिव, कृष्ण बहादुर गुभाजू कोषाध्यक्ष र तुल्सी श्रेष्ठ, सुभाष अग्रवाल र पुजन श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका छन् ।
त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा सुदिप कुमार रेग्मी र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।
१२ वर्ष अगाडि स्थापित यस संस्थाको कुल सम्पत्ति ६४ करोड २४ लाख रुपैया पुगेको छ । शेयर पूंजी ८ करोड १४ लाख ४१ हजार ४०० र जगेडा कोष २ करोड ४८ लाख २८ हजार ५१ पुगेको छ ।
गत आवमा संस्थाको निक्षेप पनि वृद्धि भएको छ । असारसम्म संस्थाको निक्षेप २९ करोड २६ लाख २० हजार ३५५ पुगेको छ । यो निक्षेप अघिल्लो वर्षको तुलनामा १८.५२ प्रतिशत बढी हो । अघिल्लो वर्ष निक्षेप २४ करोड ६८ लाख ७७ हजार ८७७ रुपैया थियो । संस्थाले हाल विभिन्न ९ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यसमा नियमित बचत खाता, सामान्य बचत खाता, विशेष चाइना ट्रेड बचत खाता, नारी बचत खाता, बाल बचत खाता, सरप्लस बचत खाता, जम्को बचत खाता र कोसेली बचत खाता सञ्चालन गर्दै आएको छ । यसले पनि निक्षेप बढाउन सहयोग पुगेको छ ।
गत आवमा संस्थाले ५० करोड ३७ लाख रुपैया कर्जा लगानी गरेको छ । यस अवधिमा २०६ जना सेयर सदस्यले कर्जा उपभोग गरेका छन् । यसले व्यावसायिक कर्जा, घरजग्गा कर्जा, सवारीसाधन कर्जा, सेयर कर्जा, कर्मचारी कर्जा र अन्य कर्जा प्रदान गर्दै आएको छ । गत आ.व. मा संस्थाले कुल १ करोड ५१ लाख ८७ हजार ४९८ रुपैया मुनाफा आर्जन गरेकोे छ । त्यसैगरि आयकर तथा अन्य विभिन्न कर गरि गत आ.व.मा रु.४७ लाख ६६ हजार ८०६ रुपैया राजश्वमा योगदान पु¥याएको छ ।
सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको आ.व. २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रम र अनुमानित आय–ब्यय विवरण (बजेट) समेत पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु अनुमोदन गर्नुको साथै उपयुक्त सहकारी संस्थाहरुलाई संस्थामा एकीकरण गर्ने र सदस्य राहात तथा सुविधा योजना लागु गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा ज्येष्ठ सदस्य र उत्कृष्ट सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
गुणस्तरीय वचत तथा ऋण सेवा संगै संस्थाले मोबाइल बैंकिङ, मिस कल बैकिङ, संस्थाको आधिकारिक वेभसाईट, फेसबुक पेज, वेवसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको छ । यस सहकारीको नेतृत्व वर्ग र कर्मचारीको क्षमता अभिबृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पनि विभिन्न कार्यक्रममा सहभागिता जनाउंदै आएको छ । संस्थामा असार मसान्त सम्म सेयर सदस्य १०८९ पुगेको छ ।
साधारणसभामा महालेखा नियन्त्रक गोपीनाथ मैनाली, संविधान सभा सदस्य रामहरि खतिवडा, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती, नेपाल बहुउद्देश्यीय कन्द्रीय सहकारी संघ लि. का सचिव माघप तिमिल्सिना, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौंलागाईं, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. का प्रतिनिधि तुल्सी प्रसाद सापकोटा, संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठलगायतले सहकारीले मुलुकको विकासका लागि महत्वपूण योगदान गरेको बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार