ललितपुर बचत संघको रजत वर्षमा ‘सहकारी दौड’ हुँदै
ललितपुर, १५ भदौ
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको रजत वर्षको अवसरमा ‘सहकारी दौड’ प्रतियोगिता हुने भएको छ ।

भदौ २१ गते हुने उक्त दौडको लागि सहभागिता जनाउन बचत संघले ललितपुर जिल्ला भरका सहकारीलाई आव्हान गरेको छ । संघका अनुसार दौडमा सहभागिता जनाउन १८ गते (बुधबार) भित्र नाम दर्ता गराउनु पर्नेछ ।
पुरुषको लागि पाँच कि.मी.निर्धारण गरिएको छ । ललितपुर जिल्ला बचत संघको कार्यालयबाट दौड सुरु भई कुमारीपाटी–मानभवन–जावलाखेल–पुल्चोक–ललितपुर महानगरपालिका कार्यालय हुँदै मंगलबजार–सौगल–सुन्धारा–ओकुबहाल–नौर–प्रयागपोखरी–मछिन्द्रनाथ रोक्ने थटिचोक हुँदै लगनखेल बसपार्क–ललितपुर जिल्ला अदालत–बुद्धि विकास चौर बाटोहुँदै ललितपुर बचत संघ कार्यालयसम्म हुने संघले जनाएको छ ।

महिलाको ३ कि.मी. निर्धारण गरिएको छ । दौड ललितपुर जिल्ला बचत संघको कार्यालयबाट सुरु भई महालक्ष्मीस्थान–महालक्ष्मीस्थान चोक–चापागाँउ दोबाटो–सातदोबाटो चोकहुँदै बटुक भैरव–लगनखेल चोक हुँदै बचत संघको कार्यालयसम्म हुनेछ ।
महिला र पुरुष दौडमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष रामहरि बजगाईले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार