झापाका सहकारी र सन्दर्भ ब्याजदर

दिपेन सर नमस्कार ! के छ झापा तिरको सहकारीको । सन्दर्भ ब्याजदर तोकिएपछि झापाका सहकारीको प्रतिक्रिया कस्तो छ ? यो प्रश्न थियो सहकारी क्षेत्रमा केही योगदान गर्न सकिन्छ की भनेर संघर्षरत विद्यार्थी पत्रकार काजी श्रेष्ठको । जवाफमा थिए म दिपेन । झापामा बसेर सहकारी क्षेत्रमा केही गर्न सकिन्छ की भनेर लागेको एक सहकारीकर्मी । झापामा बसेर विभिन्न क्षेत्रमा काम गरी रहँदा पत्रकार साथीहरुको साथ सहयोग र मलाई बारम्बार दिपेन जी केही लेख्नु न ? तपाईं राम्रो लेख्नुहुन्छ । लेख यर्थाथ परक हुन्छ । भनेर हौसाउने मेरा पत्रकार साथीहरुले गर्दा केही लेख्ने उर्जा मिल्ने गर्दछ ।
एक कार्यक्रमका बीच भेट भयो पत्रकार तुलसी निरौला । मैले भाई नै भने उहाँलाई । दाई तपाईको आर्टिकल ‘बैंकभन्दा अब्बल सहकारी’ पत्रिकामा प्रकाशन गरे है । धेरै राम्रो छ भन्नुभयो । दाजु यसो समय समयमा लेख्ने गर्नु न ? र मैले दुबै जनालाई सम्बोधन हुने गरी झापाको सहकारी र मैले ८ वर्षमा सहकारीमा अध्यक्ष भएर संचालन गरी रहँदाको अनुभव लेख्ने प्रयास गरेको छु ।
जीवनमा धेरैकुरा पढेरभन्दा परेर जानिन्छ भन्ने दरिलो अभ्यास सहकारी भई सकेको छ । नेपालको सहकारी अभियान ६३ वर्ष पुगी सकेको छ । सहकारी क्षेत्रको विकासलाई हेरेर राज्यले तीन खम्बे अर्थ नीतिमा सहकारी एक खम्बा मानेको छ । यो विषयमा माईक फुट्ने गरि भाषणमा धेरै सुनिन्छ । सहकारी अभियानकर्ताहरु सहकारी क्षेत्रलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने भनेर लागिरहनु भएको छ । स्थानीय क्षेत्रमा रोजगारीको सृजना, बचत गर्ने बानीको विकास, आर्थिक वृद्घिमा योगदान, सामुहिक लगानीमा सहकारीको भूमिका, आर्थिक साक्षरताको विकास, नेतृत्व र व्यक्तित्वको विकास, महिला सशक्तिकरणमा भूमिका, कृषि व्यवसायमा प्रेरण, न्यून लगानी भएकालाई थप पूँजीको विकास, शिप हुनेलाई पुँजी, पूँजी नहुनेलाई क्षमतासँग जोड्ने काम आज सहकारीले गरेको छ । घर जग्गा नहुनेहरुलाई घर जग्गा हुने सहकारीले बनाएको छ । गरिबी न्यूनिकरणमा सहकारीको भूमिका मुख्य रहेको छ । साना व्यवसायीलाई ठूला व्यवसायी आज सहकारीले बनाएको छ । ५० हजार रुपैयाँ विना धितो ऋण लिने व्यवसायीहरु आज धितोमा लाखौं धितोमा लिन तयार हुने भएका छन् । सदस्यको मिहेनत र संस्थाको थप लगानीले गर्दा सदस्यको विकास भएको छ । आखिर यो सहकारीको उपलब्धिमान्नु पर्छ । सदस्यहरुको वृद्वि विकास संस्थाको मुख्य उदेश्य पनि हो । एउटा भनाई छ ‘पैसाले पैसा कमाउँछ’ वास्तवमा नै हो यथार्थ हो । आज नेपालका व्यवसायीलाई हेर्ने हो भने ठूला व्यवसायी झन् ठुला हुँदै गईरहेका छन् । साना व्यवसायीलाई ठुला व्यवसायीहरुले दिन प्रतिदिन अफ्ट्यारो बनाई रहेको छ ।
भविष्यमा नेपालको व्यवसाय केही ठुला घरानामा मात्र सिमित नरहला भन्न सकिन्न । बैंक आफ्नै व्यवसाय आफ्नै भई रहँदा ठुला व्यवसायीहरुलाई ऋण लगानी कति सहज भएको छ भन्ने समाचार हामीले पढ्ने गरेका छौं । यो अवस्थामा भई रहँदा सहकारीले सदस्यको वृद्वि विकासमा ठुलो योगदान गरेको छ । मेरो बुझाईमा । सहकारी संस्था समुदायमा संचालितहुँदा समुदायलाई परेको समस्यामा निराकरण गर्दै नेपालीको संस्कार र संस्कृतिलाई जगेर्ना गर्न पनि सहकारी अब्बल भएको छ ।
रह्यो काजी जीको प्रश्न । सन्दर्भ ब्याजदर । मलाई लाग्छ खासै फरक पर्दैन । किनकी सम्बन्धीत नियामक निकायले सहकारीको दिर्घकालीन विकासमा यस्ता मापदण्ड बनाउनु नै पर्छ । यदी सदस्यकै पैसा बचत लिएर सदस्य कै हितमा लगानी गरिन्छ भने पक्का पनि अफ्ट्यारो पर्दैन । तर अन्य बंैक वित्तीय संस्थाबाट ऋण लिएर सदस्यमा नै लगानी गरिन्छ भने संस्थाले कम नाफा कमाउन सक्ने हुन सक्छ । अन्यथा झापामा सहज नै लाग्छ । धेरै समस्या छ जस्तो मलाई लाग्दैन । संस्थाले सदस्यको हितमा काम गर्ने हो । नाफाभन्दा पनि सदस्यलाई सुविधा दिनु पर्छ । नाफा दिएर त कसैलाई पनि क्षणिक खुसी दिन सकिएला तर मनको सन्तुष्टि दिन सेवा नै चाहिन्छ । जय सहकारी ।
(लेखकः झापाको शिखर साकोसका अध्यक्ष हुन् )
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार