चन्द्रागिरि साकोसका सदस्यलाई व्यवसायिक साक्षरता तालिम
काठमाडौं, २६ साउन
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई व्यवसायिक साक्षरता तालिम दिएको छ ।

संस्थाले साउन २५ र २६ गते सदस्यहरुमा उद्यमशिलता प्रर्वद्धन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको हो । ३९ जना सदस्यहरुको तालिम प्राप्त गरेका छन् ।
तालिम कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले गरेका थिए । कार्यक्रममा संस्थाका सचिव योगेन्द्रकुमार कुँवर, कोषाध्यक्ष अच्युतकुमार कार्की, लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्र र सदस्य भानुप्रकाश ढकालको उपस्थिति रहेको थियो ।
तालिमका प्रशिक्षक सूर्यलक्ष्मी बज्राचार्यले सहभागिहरुलाई व्यवसाय संचालन गर्न आवश्यक पर्ने आधारभुत विषयहरुको बारेमा प्रयोगात्मक तरिकाबाट प्रशिक्षण दिएका थिए ।
तालिमका सहभागिरुले उक्त तालिमबाट व्यवसाय गर्दा जोखिम लिनुपर्ने, बजार अनुसार आफ्नो व्यवसाय विकास र विस्तार गर्नुपर्ने, व्यवसायिक योजना र वित्तिय व्यवस्थापन गर्नुपर्ने जस्ता महत्वपूर्ण विषयहरु सिकाई भएको विचार व्यक्त गरेका थिए ।
तालिममा संस्थाका कर्मचारीहरु समेत सहभागी भई आवश्यक सहजीकरणमा सहयोग पु¥याएका थिए ।
तालिम पश्चात आफ्नो व्यवसायिक योजना बनाई पेश गर्ने सहभागीहरुलाई संस्थाबाट आवश्यक प्राविधिक तथा वित्तीय सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
तालिमको समापन कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार