आदर्श सहकारीले प्रदेशकै उत्कृष्ट सञ्चारगृह बनाउने
बागलुङ, २५ असार
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको वार्षिक समिक्षा, योजना तर्जुमा तथा १० वर्षे रणनीतिक योजना परिमार्जन गोष्ठी शनिवार पर्वतको सहस्रधारास्थित बटुवा होटलमा सम्पन्न भएको छ ।
संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका साथै संस्थाले २०८० सालसम्मका लागि निर्माण गरेको १० बर्षे रणनीतिक योजना परिमार्जनका लागि गोष्ठीको आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाको १० वर्षे रणनीतिमा सहकारी क्षेत्रमा देखिएको परिवर्तित अवस्था लगायतका विषयमा छलफल गरी आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्षका साथ गोष्ठी सकिएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु)ले जानकारी दिइन ।
साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित भई सूचना, सञ्चार, वित्तीय लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीलाई गण्डकी प्रदेश स्तरीय सवल र सशक्त सञ्चार गृहका रुपमा स्थापित गर्ने संस्थाको योजना रहेको छ ।
सहकारीमार्फत सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ क्रियाशिल आदर्श सञ्चारले २०८० सालसम्म आफ्नै सुविधा सम्पन्न भवनबाट पत्रपत्रिका, टेलिभिजन, एफएम, अनलाइन, यूटयुव लगायतका सञ्चार माध्यम सञ्चालन गर्ने रणनीतिक योजनामा समावेश गरिएको संस्थाका कार्यकारी सम्पादक दिल शिरिषले जानकारी दिए ।
संस्थाले २०७० सालमा बनाएको रणनीतिक योजनालाई परिमार्जन गरी २०८० साल असार समान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ५२ करोड बचत, ५० करोड कर्जा लगानी र २ करोड कोष बनाउने लक्ष्य लिएको कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।
संस्थाले सूचना र सञ्चार तथा वित्तीय सेवाका साथै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र आगामी दिनमा थप सक्रियताका साथ सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल जनाएको छ ।
संस्थाले विगतमा सञ्चालन गर्दै आएका विद्यालयमा सहकारी शिक्षा, महिलाहरुका लागि प्याड बनाउने तालिम, दुव्र्यसनी विरुद्ध आमाहरु लगायतका प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना बनेको संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काले बताए ।
गोष्ठीमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले संस्थाको विगत र वर्तमान अवस्था, आगामी योजना तथा रणनीतिक योजनाका विषयमा सहजीकरण गरेका थिए । चार समुहमा छलफल गरी संस्थाको आगामी रणनीतिक योजनालाई परिमार्जन गर्ने गरी गोष्ठी सम्पन्न भएको सचिव ललिता थापाले जानकारी दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, सञ्चालक कमल लामिछाने, शिक्षा उपसमितिका सदस्य हिमालयप्रकाश श्रेष्ठ र पत्रिका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले समुह छलफलका निष्कर्ष बारेमा सहजीकरण गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार