१६ प्रतिशत अधिकतम ब्याजदरको विरोध
काठमाडौं, २३ साउन
काठमाडौंका सहकारीकर्मीहरुले सरकारले सहकारीको सन्दर्भ ब्याजदरमा कर्जा लगानी अधिकतम १६ प्रतिशत तोकिदिएपछि विरोध गरेका छन् ।

सन्दर्भ ब्याजदरको विषयमा काठमाडौंमा आयोजित ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहकारीकर्मीहरुले विरोध गरेका हुन् । सहकारी स्वायत्तता र स्वतन्त्र हुने भन्दै सरकारले तोकेको व्याजदर तत्काल संशोधन गर्न आग्रह गरेका छन् ।
काठमाडौंको हकमा १६ प्रतिशत ब्याजदरले कर्जा लगानी गर्न नसकिने तर्क गरे । वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको भन्दै संस्था चलाउनै नसकिने बताएका थिए ।
उनीहरुले सहकारी अभियानका तर्फबाट ब्याजदर निर्धारण समितिका सदस्यप्रति आक्रोश पोखे । १६ प्रतिशत कर्जाको ब्याज सिमाले निक्षेप घट्ने र कर्जा बढ्ने उनीहरुको तर्क थियो । कार्यक्रममा बोल्ने सहभागीहरुले ब्याजदर निर्धारणले स्वतन्त्र र स्वायत्ता हनन भएको बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार