विकु र मेलमिलाप बीच एकिकरण, १२ औं सेवा केन्द्र गैंडाकोटको ढोडेनीमा
गैंडाकोट, ८ असार

विकू बचत तथा ऋण सहकारीले १२ औं सेवा केन्द्रका रुपमा गैंडाकोट ३ ढोडेनीमा मेलमिलाप सेवा केन्द्रको उद्घाटन गरिएकोे छ ।
विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीचको एकिकरण पश्चात एकिकृत सेवा शुभारम्भ तथा मेलमिलाप सेवा केन्द्रको समुद्घाटन गरिएकोे हो ।
सेवा केन्द्रको विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले गरेका थिए । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सापकोटाले विकूले ढोडेनीको विकासका लागि विगतदेखि नै काम गर्दै आईरहेकोमा अब सहकारीका माध्यमबाट थप सेवा प्रदान गर्ने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले विकूले पहिलेदेखि नै सेवा प्रदान गरिरहेपनि स्वतन्त्र रुपमा मेलमिलाप सहकारी स्थापना भएपनि सेवा प्रवाहमा एक्लो प्रयासले सम्भव नदेखेपछि एकिकरणमा गएको बताए ।
मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चितौरेले सेवा प्रदान गर्ने सन्र्दभमा थप मद्दत पुग्ने भएपछि एकिकरण गरेको जनाउँदै सदस्य बनि बढीभन्दा वढि लाभ लिन आग्रह गरे ।
मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् श्रीकृष्ण गण्डकी माविका प्रधानाध्यापक सुर्यनाथ तिवारीले पिछडिएको समुदायको जिवनस्तर उकास्न सहकारी स्थापना भएपनि एकै स्थानमा उस्तै प्रकृतिका सहकारी रहेको र अझ थप एकिकृत सेवाको रुपमा कार्य गर्न एकता गरिएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार