राष्ट्र बैंकसँग मिलेर सहकारी अनुगमन
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पान्डेले नेपाल राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमन र नियमन अगाडी बढाईने बताएका छन् ।

उनले विगतमा सहकारीको अनुगमनमा कडाइ नगरिदा सहकारीहरु नियन्त्रण बाहिर गएको हुदा विभागले नेपाल राष्ट्र बैंकसँग मिलेर अनुगमनको पाटो अगाडी बढाउनका लागि केन्द्रिय बैंकलाई पत्र लेख्ने बताए ।
शुक्रबार सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले यसअघि केही समय विभाग र राष्ट्र बैंक मिलेर सहकारीको अनुमगन गरेको भएपनि विचमा सहकार्य टुट्दा सहकारीमा समस्या आउन सक्ने भएकोले पुन सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिए । डा.पाण्डेले आगामी बर्षको लागि आएको बजेट सहकारीमैत्री र रोजगार सिर्जनामा प्राथमिकता दिने खालको आएको बताए ।
उनले यस बजेटले सहकारीताको माध्यमबाट उत्पादनसँग जोड्नको लागि नीतिगत व्यवस्था गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैक्षेत्र लाग्नुपर्ने जानकारी दिए । सहकारीले इनोभेसनलाई प्राथमिकता दिएको देखिदैन यो बजेटले इनोभेसनको लागि पनि जोड दिएको छ’,डा.पाण्डेले बताए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बजेटमा महासंघले दिएको सुझाव अनुरुप नै कार्यक्रमहरु समावेश गरिएको बताए ।
उनले कृषि लगायतका अन्य सहकारीहरुलाई कर नलाग्ने भएपनि वित्तिय सहकारीको हकमा कर लाग्ने भएकोले महासंघले कर घटाउनका लागि अर्थमन्त्रीलाई आग्रह गरेको बताए । बजेटले महासंघको आग्रह अनुसार वित्तिय सहकारीलाई लाग्ने कर कम भएको छ यो राम्रो पक्ष हो, उनले भने सहकारीको मुल्यांकन रकममा मात्र गन्नु उपयुक्त नहुने दावी गरे ।
उनले सहकारीले आर्थिक रुपमा मात्र नभएर सामाजिक, सांस्कृतिक लगायका अन्य कुराहरुमा पनि योगदान दिएको दावी गर्दै सहकारी धेरे भएको ठाउँमा गरिवी पनि कम भएको स्पष्ट पारे ।
संघिय सरकारले सहकारीमैत्री बजेट ल्याएपनि स्थानीय सरकारहरु कार्यान्वयनका लागि सकृय नभएमा समस्या हुने उनको तर्क थियो ।
त्यसैगरी सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले यो बजेटमार्फत सहकारी पर्यटन, उतपादनमुलक र स्वस्थमा पनि प्रत्यक्ष लगानीको लागि बाटो खोलिदिएको बताउँदै अब ऐन कानुनमा पनि संशोधन हुनुपर्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार

