सहकारी बैंकको नयाँ नेतृत्वलाई माइक्रो बैंकरको सम्मान

काठमाडौं, २५ पुस
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई बुधबार माइक्रो बैंकर नेपालले बधाई तथा सम्मान गरेको छ ।
माइक्रो बैंकर नेपालले काठमाडौंको नेपा ब्यांकेटरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा माइक्रो बैंकर नेपालका अध्यक्ष यादव प्रधानले निर्वाचित सञ्चालक समितिलाई बधाई तथा सम्मान गरेका थिए ।
सहकारी बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेती रहेको ३ सदस्यीय लेखा समिति निर्वाचित भएको थियो ।
बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष केबी उप्रेती, सञ्चालक समितिका सदस्यहरुमा सरिता भट्टराई, हरिहरनाथ योगी, रामबहादुर जि.सी, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, ध्रुवनारायण यादव, माधवलाल देवकोटा, महेन्द्र कुमार गिरी, विश्वनाथ मण्डल लगायत उपस्थित थिए । त्यस्तै सहकारीबैंकका उच्च तहका कर्चचारी र शाखा प्रमुखहरुको समेत उपस्थित थियो ।
सम्मानपछि मन्तव्य राख्दै बैंकका अध्यक्ष उप्रेतीले सहकारी संस्थारुलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए । प्रविधिमैत्री बनाउनको लागि माईक्रो बैंकरसँग सहकार्य गर्न तयार रहेको बताए ।
त्यस्तै माईक्रको बैंकर नेपालका अध्यक्ष यादव प्रधानले अबको युग डिजिटल युग भएको बताए । सहकारीहरुलाई प्रविधि मैत्री बनाउन माईक्रको बैंकर नेपाल तयार रहेको र सहकार्य गरेर अघि बढ्न बैंकलाई आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार