५ वैशाख २०८३, शनिवार

राष्ट्रिय सहकारी बैंक निर्वाचनः को–को छन् चुनावी दौडमा ?

२०७५ पुष १४, शनिवार
राष्ट्रिय सहकारी बैंक निर्वाचनः को–को छन् चुनावी दौडमा ?

coop sk
काठमाडौं, १४ पुस
मध्ये पुसको ठण्डीमा सहकारी अभियान तातेको छ । सहकारी क्षेत्रमा राजनीति गर्नु हुँदैन भनेर भाषण गर्नेहरु आफूले बोलेका भाषण बिर्सिएका छन् । दिन रात राजनीतिक दलका नेतासँगको भेटघाट जारी राखेका छन् । नेताको चाकढी र भेटघाट गर्नुको एउटै उद्देश्य हो सहकारी बैंकको निर्वाचन । बैंकको निर्वाचनमा टिकट पाउने दौड धुपमा सहकारी नेताहरु रहेका छन् । विभिन्न प्यानल र सहमतीमा आफ्नो नाम पार्न दिन रात नभनि लागि परेका छन् । विभिन्न भेला, बैठक आयोजना गरी के कसरी अघि बढ्ने भन्ने विषयमा हरेक दिन छलफल भईरहेको छ ।
को–को छन् चुनावी दौडमा ?
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रमेश पोखरेल पनि प्रतिस्पर्धामा देखिएका छन् । उनको यो तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै केबी उप्रेती पनि प्रतिस्पर्धामा देखिएका छन् । उप्रेतीले बैंकको प्रबन्ध सञ्चालक पद नै छाडेर अध्यक्षमा लड्ने निर्णय गरिसकेका छन् । हालसम्म पोखरेल र उप्रेती अध्यक्षका पदका प्रत्यासी देखिएका छन् । दुबै बलिया प्रत्यासी हुन् । सहमती गर्ने भनिएपनि सहमतीमा जाने सम्भावना कम देखिएको छ । दुबै व्यक्ति आ–आफ्नो ढंगले चुनावी तयारी गरिरहेका छन् ।
सहमतीमा नेतृत्व चयन गर्ने सम्भावना चाँही नभएको होईन । पोखरेल र उप्रेती एउटै विचारका व्यक्ति भएका कारणले पनि सहमती हुने सम्भावना रहेको छ । पार्टीको निर्णय पनि मान्न सकिने सम्भावना भने छ । तर उप्रेती सबै दलको साझा उम्मेदवारको रुपमा देखा परेका छन् । जे जस्तो अवस्था आएपनि उम्मेदवारी नछाड्ने उनको अडान छ ।
अध्यक्ष पदमा निर्वाचन हुँदा अन्य पदमा पनि स्वतः निर्वाचन हुने देखिएको छ । किनकी प्यानल नै आउने सम्भावना छ । प्रदेशबाट आउने सञ्चालक बाहेक अन्यमा निर्वाचन हुने निश्चित छ । केही प्रदेशमा भने सर्वसम्वत हुने पनि देखिएको छ । यस पटकबाट सञ्चालक समितिमा ३३ प्रतिशत महिला अनिवार्य छ । महिला कोटामा पनि सर्वसम्मत हुने केही आशा बाँकी नै छ । महिलातर्फ सरिता भट्टराई, अमृता सुब्बा, अमरावती महर्जन चर्चामा देखिएको छ । त्यस्तै सञ्चालकमा वर्तमान समितिका रामबहादुर जिसी, ज्ञानबहादुर तामाङ, रामहरी बजगाई, रामशरण घिमिरे दोहोर्याउने पक्षमा छन् । त्यस्तै नयाँ अनुहारमा टेकप्रसाद चौलागाई, केदार मानन्धर, मनोज भण्डारी लगायत छन् ।
(सहकारीखबरलाई प्राप्त जानकारीका आधारमा समाचार तयार गरिएको हो । थप जानकारीका आधारमा थपघट गर्न सकिनेछ)

अभिलेख

लोकप्रिय