सहकारीको ६६ लाख हिनामिना गर्ने पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ
घोराही, २६ कात्तिक
राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् ।
सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाखभन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।
सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान् वसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
“प्रहरी कार्यालयमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सोही आधारमा सन्तोषकुमार गुप्तालाई पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो, “अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।” तीनै जनाविरुद्ध सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार