पोखराको जनएकता सहकारी चोरी गर्ने नगदसहित तीन जना पक्राउ
२०७५ असोज १०, बुधबार

कास्की, १० असोज । पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको जन एकता सहकारी संस्था लिमिडेटबाट चोरी गरेको अभियोगमा बुधबार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा महानगरपालिका–७ एयरपोर्ट बस्ने २२ वर्षीया बिनिता गुरुङ र सोही महानगरपालिका–६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना रहेका छन् ।
उक्त सहकारी संस्थाबाट भदौ ३१ गते नगद ९ लाख १४ हजार रुपैयाँ चोरी भएको थियो । सोही घटनामा संलग्न फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई पोखरा महानगरपालिका–६ बुलौदीबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५ लाख ३८ हजार ८० रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार