संस्था परिचय: चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड

आवद्धता :
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
चन्द्रागिरि नगरपालिका–७
फोन : ०१–४३१३०५८
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको पश्चिमतर्फ चन्द्रागिरि पहाडको उत्तरी काखमा रहेको चन्द्रागिरि नगरपालिका–७ (साविक थानकोट महादेवस्थान–७) मा रहेको छ ।
वि.सं.२०५८।०१।०६ गते संस्था दर्ता भएर यस संस्थाले औपचारिकरुपमा कारोबार थालेको थियो । स्थापनाको १० वर्षभित्र यस संस्थाले कारोबार तथा सदस्य सेवा सहज बनाउन सुविधासम्पन्न भवन निर्माण गरी सम्पूर्ण वित्तीय कारोबारका साथै सभाकक्ष र पुस्तकालय पनि सञ्चालन गरेको छ । काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थामा हाल १० हजारभन्दा बढी सदस्य छन् । यस संस्थामा १४० करोडको वासलात रहेको छ । सदस्य सेवाका लागि संस्थामा २९ जना कर्मचारी कार्यरत छन् ।
जिल्ला सहकारी संघ लिमिटेड
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)
काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड
राष्ट्रिय सहकारी बैक लिमिटेड
परिकल्पना
चन्द्रागिरिको चाहना–समुन्नत समाजको सिर्जना
लक्ष्य
– सदस्यहरूको बचत तथा अन्य लगानीमा न्यायोचित प्रतिफल दिने एवम् सहुलियत ब्याजदरमा सदस्यहरूलाई नै ऋण प्रवाह गरी आत्मनिर्भरताका लागि उद्यमशिलता र स्वरोजगारका लागि उत्प्रेरित गर्ने ।
– सामुहिक हितका लागि सेवा तथा आयमुलक परियोजना सञ्चालनमा सहयोग गर्ने ।
– सदस्य र समुदायका लागि शिक्षा, स्वास्थ्य, सिपमुलक तथा सामाजिक सचेतना कार्यक्रम आयोजना गर्ने ।
मुख्य कार्य
सहकारिताको मूल्य मान्यता अनुरूप संस्थाको कार्यक्षेत्रका व्यक्तिहरूलाई सदस्यता प्रदान गर्ने र सदस्यहरुबाट बचत सङ्कलन गरी सदस्यहरूलाई नै ऋण प्रवाह गरी आत्मनिर्भर बनाउन स्वरोजगार र उद्यमशिलताको वातावरण तयार गर्ने ।
विशेषता
कार्यालय सञ्चालन : संस्थाको कार्यालय ३६५ दिन नै सञ्चालन हुन्छ । सार्वजनिक बिदा तथा शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म र अन्य दिन बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा सञ्चालन हुन्छ ।
– सम्पूर्ण सेवा एकै छानाभित्र कम्प्युटर प्रणालीबाट बचत ऋण लगायत रेमिट्यान्स, मोबाइल रिचाजै, बिजुलीको बिल, टेलिफोन र इन्टरनेट बिल भुक्तानी सेवा प्रदान गरिन्छ ।
– सामाजिक सुरक्षण सेवा अन्तर्गत सदस्यहरुलाई दुर्घटना राहत, स्वास्थ्योपचार, काजकिरिया अनुदान, आपतकालीन सहयोग, एम्बुलेन्स र शवबहान सेवा प्रदान गरिएको छ ।
– संस्थाको बचत र ऋणको स्प्रेड दर ५ प्रतिशतभन्दा कम रहेको छ ।
– नियमित लाभांश वितरण तथा संरक्षित पँुजी फिर्ता कोषबाट सदस्यहरू लाभान्वित भइरहेका छन् ।
अन्य गतिविधि
– संस्थाको वार्षिकोत्सवमा नियमित र अन्य आपतकालीन अवस्थामा समेत रक्तदान कार्यक्रम
– स्वास्थ्य शिविर, निःशुल्क मोतियाविन्दु शल्यक्रिया र महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम
– मानसिक तथा शारीरिक स्वस्थताका लागि योग ध्यानसम्बन्धी कार्यक्रम
– सामूहिक ब्रतबन्ध तथा अन्य सामाजिक जागरणका कार्यक्रम
– बाढीपहिरो, भूकम्प र अन्य कारणबाट उत्पन्न विपद् समाधानका लागि स्थापित कोषमा आर्थिक, मानवीय र भौतिक सहयोग
– आर्थिकरूपले कमजोर तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान
– स्थानीय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र खानेपानी आयोजना सञ्चालनमा सक्रिय सहभागिता
– संस्थाको कार्यक्षेत्रमा रहेका विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक संघ संस्थाहरूलाई आर्थिक तथा अन्य भौतिक सहयोग
– स्थानीयस्तरमा रहेका विभिन्न समस्याहरू : सार्वजनिक यातायातका समस्या, ट्राफिक व्यवस्थापन, सरसफाइ लगायत अन्य विविध समस्या समाधानका लागि विभिन्न निकायसँग सहकार्य
– युवा सशक्तिकरणका लागि खेलकुद प्रतियोगिताहरूको आयोजना
– ज्येष्ठ सदस्यहरूलाई सम्मानस्वरूप वार्षिकरूपमा तीर्थयात्रा र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई भ्रमणको अवसर
– राष्ट्रियरूपमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका संस्था र ब्यक्तिहरूलाई सम्मान
– स्थानीयस्तरमा वातावरण संरक्षणका लागि प्लास्टिक झोलामुक्त अवधारणाअनुरूप सदस्यहरूमा पुनःप्रयोग गर्न सकिने कपडाको झोला नियमित वितरण
– स्थानीय तीर्थस्थलहरूमा बिशेष मेला वा जात्राहरूमा यातायात, विश्रामस्थल र पिउने पानीको लगायत अन्य आवश्यक व्यवस्था
सामाजिक सुरक्षणका सेवा
– सदस्यका परिवारको मृत्यु भएमा रू.५,०००।– र सदस्यको मृत्यु भएमा न्यूनतम् रू.५,०००।– देखि रू.१५,०००।– सम्म काजकिरिया सहयोग
– दुर्घटनामा सदस्यको मृत्यु भएमा रू.१,००,०००।– सम्म दुर्घटना राहत सहयोग
– सदस्य अस्पतालमा भर्ना भएर उपचार गरेमा वार्षिक रू.३०,०००।– सम्म स्वास्थ्योपचार सहयोग
– सुरक्षित मातृत्व (प्रसुति) कार्यक्रममा रू.५,०००।– सम्म आर्थिक सहयोग
– सदस्य वा सदस्यका परिवारलाई आपतकालीन अवस्थामा बिनाव्याज ७५ दिनसम्मका लागि रू.१५,०००।–सापटी
एम्बुलेन्स र शवबहान सेवा
संस्थाले सदस्य, अशक्त, असहाय, विपन्नवर्गलाई निःशुल्क एम्बुलेन्स तथा शवबहान सेवा प्रदान गर्दै आएको
वित्तीय सेवा
सदस्यहरूको सामाजिक आवश्यकता परिपूर्ति, स्वरोजगार र आत्मनिर्भरताका लागि १७ किसिमका ऋण प्रवाह गर्दै सदस्यहरूलाई ६ किसिमका बचत सेवा प्रदान गरिएको छ ।
रेमिट्यान्स सेवा
- स्वदेश र विदेशका कुनै पनि स्थानबाट पठाएको रकम संस्थाबाट उपलव्ध हुन्छ ।
- संस्थाबाट देशका कुनै पनि स्थानमा रकम पठाउन सकिन्छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार