सहकारीमा बचत गर्दै हुनुहुन्छ ? पहिला यी कुरामा ध्यान दिनुहोस् अनि मात्र बचत गर्नुहोस् !

– संचालक समितिले संकलित बचतलाई सुरक्षित तबरले लगानी गरेको छ वा छैन बुझ्नुहोस् ।
– संस्थाले सदस्यहरुबाट संकलित बचत सुरक्षित रुप (प्रयाप्त सुरक्षण लिई) मा अधिकांस सदस्यहरुलाई ऋणको रुपमा लगानी गरेको छ वा छैन बुझ्नुहोस् ।
– संस्था संचालन प्रजातान्त्रीक एवं सहभागितामूलक रुपमा गरिएको छ वा छैन बुझ्नुहोस् ।
– संस्थाले लगानी गरेको ऋण असुल नभई डुविरहेको छ वा छैन बुझ्नुहोस । अधिक खराब ऋण छ भने सोच्नुहोस संस्थामा खराबी हुन सक्दछ ।
– संस्थाको ठुलो रकम कुनै एकै ब्यक्तिमा लगानी गरिएको छ भने संस्था खतरामा पर्न सक्दछ विचार गर्नुहोस ।
– संस्थामा सुशासन अवस्था राम्रो छ वा छैन बुझ्नुहोस ।
– संस्थामा तरलता ब्यवस्थापन कसरी गरिएको छ । बचत फिर्ता गर्न सक्ने अवस्था के कस्तो छ ।
– संस्थाको संचालक समितिको चालचलन, नैतिकता तथा आर्थिक अनुशासन पक्ष के कस्तो रहेको छ बुझ्नुहोस ।
– ब्यक्तिगत तबरबाट संचालन गरिएको संस्थामा बचत गर्दा खतरा हुन सक्दछ विचार गर्नुहोस ।
– आफ्नो बचतको बारेमा संस्थामा गएर नै समय समयमा बुझ्नुहोस । बचत संकलन गर्ने कर्मचारीहरुले संस्थामा रकम जम्मा नगरिदिएको पनि हुन सक्दछ विचार गर्नुहोस ।
– संस्थाको बचत संकलन सम्बन्धि नियम, आचार संहिता सबै बुझेर मात्र बचत गर्न शुरु गर्नुहोस ।
– बचत गर्दा संस्था संग बचत तथा बचत फिर्ता सम्बन्धि सम्झौता पत्रहरु बनाउनुहोस ।
– हामी र हाम्रो भन्ने भावना लिएर संचालन भएको संस्था हो होईन विचार गर्नुहोस ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार