२७ माघ २०८२, मङ्गलबार

सहकारीमा बचत गर्दै हुनुहुन्छ ? पहिला यी कुरामा ध्यान दिनुहोस् अनि मात्र बचत गर्नुहोस् !

२०७४ फागुन २६, शनिवार
सहकारीमा बचत गर्दै हुनुहुन्छ ? पहिला यी कुरामा ध्यान दिनुहोस् अनि मात्र बचत गर्नुहोस् !

saving

–     संचालक समितिले संकलित बचतलाई सुरक्षित तबरले लगानी गरेको छ वा छैन बुझ्नुहोस् ।

–     संस्थाले सदस्यहरुबाट संकलित बचत सुरक्षित रुप (प्रयाप्त सुरक्षण लिई) मा अधिकांस सदस्यहरुलाई ऋणको रुपमा लगानी गरेको छ वा छैन बुझ्नुहोस् ।

–     संस्था संचालन प्रजातान्त्रीक एवं सहभागितामूलक रुपमा गरिएको छ वा छैन बुझ्नुहोस् ।

–     संस्थाले लगानी गरेको ऋण असुल नभई डुविरहेको छ वा छैन बुझ्नुहोस । अधिक खराब ऋण छ भने सोच्नुहोस संस्थामा खराबी हुन सक्दछ ।

–     संस्थाको ठुलो रकम कुनै एकै ब्यक्तिमा लगानी गरिएको छ भने संस्था खतरामा पर्न सक्दछ विचार गर्नुहोस ।

–     संस्थामा सुशासन अवस्था राम्रो छ वा छैन बुझ्नुहोस ।

–     संस्थामा तरलता ब्यवस्थापन कसरी गरिएको छ । बचत फिर्ता गर्न सक्ने अवस्था के कस्तो छ ।

–     संस्थाको संचालक समितिको चालचलन, नैतिकता तथा आर्थिक अनुशासन पक्ष के कस्तो रहेको छ बुझ्नुहोस ।

–     ब्यक्तिगत तबरबाट संचालन गरिएको संस्थामा बचत गर्दा खतरा हुन सक्दछ विचार गर्नुहोस ।

–     आफ्नो बचतको बारेमा संस्थामा गएर नै समय समयमा बुझ्नुहोस । बचत संकलन गर्ने कर्मचारीहरुले संस्थामा रकम जम्मा नगरिदिएको पनि हुन सक्दछ विचार गर्नुहोस ।

–     संस्थाको बचत संकलन सम्बन्धि नियम, आचार संहिता सबै बुझेर मात्र बचत गर्न शुरु गर्नुहोस ।

–     बचत गर्दा संस्था संग बचत तथा बचत फिर्ता सम्बन्धि सम्झौता पत्रहरु बनाउनुहोस ।

–     हामी र हाम्रो भन्ने भावना लिएर संचालन भएको संस्था हो होईन विचार गर्नुहोस ।

अभिलेख

लोकप्रिय