बचत त्याग हो

– रामसूदन तिमल्सिना
अलिकति हिसाबकिताबसाथ चलेको भए मेरो कमाईमा हाम्रो मध्यमवर्गीय जीवनमा ती सानाठूला आर्थिक कष्ट आउने थिएनन् । रक्सी, रेष्टुराँ र लुगाफाटामा अनावश्यक खर्च गरियो । त्यसको साटो सुरुदेखि नै इन्सुरेन्स वा बचत गरेको भए, सानो टुक्रा जग्गा टाढा कतै किनेर राखेको भए कालान्तरमा कति काम लाग्ने रहेछ भन्ने होश मलाई आजभोलि बल्ल आउन थालेको छ । पैसा चाहिन्छ भन्ने चेत खुलेको छ । बुढेसकाल कसरी धान्ने भन्ने पिरलो आउँदै छ । कुनै अर्काे व्यवसाय गरौं कि भन्ने पनि सोच्दैछु । – विजय कुमार, खुसी
माथिका पंत्ती नेपालका अत्याधिक सफल टेलिभिजन कार्यक्रम दिशानिर्देशका प्रस्तोता, नेपाल साप्ताहिकका संस्थापक सम्पादक तथा कान्तिपुर दैनिकका स्तम्भकार विजय कुमारको पहिलो पुस्तक खुसीबाट लिइएको हो । विजय कुमारका यी अभिव्यक्ती निकै गहन छन् । वितेका दिनमा बचत गर्न नसकेको पछुतो गरिएका यी अभिव्यक्ती तपाई हाम्रा लागि पाठ हुन सक्छ । उनले ती पंक्तीमा सहज रुपमा बचतको महत्वलाई दर्शाएका छन् । यो उनको मात्र समस्या होइन हामी आम मानिसको समस्या हो । हामी बचत गर त भन्छौं तर बचत गर्न भने जस्तो सहज हुदैन । त्यसका लागि त्याग चाहिन्छ । आफ्नो जीवनप्रतिको स्पष्ट दृष्टिकोण चाहिन्छ । बचत भश्वियका लागि संजित गरिने रकम हो । त्यसैले मानिसले भोलिका लागि भनेर जोगाउने धैयता गर्न सक्दैन । बचतका लागि अभ्यास चाहिन्छ । स सानो खर्चमा पनि ध्यान दिनुपर्छ । पैसा हुनेले मात्र बचत गर्छ भन्ने होइन । पैसा कमाउनेले पनि बचत गर्न सक्दैन । गरिबले पनि बचत गर्न सक्छ । हामीले कमाइको केहि अंश पहिला बचतका लागि छुटट्टाउनुपर्छ । त्यसपछि मात्र खर्च गर्नुपर्छ । तर खर्चबाट बाँकी रहेको रकमलाई बचतका रुपमा हेर्न थालियो भने जीवनभर बचत गर्ने सपना सपनामानै सिमित रहन्छ ।
बचतलाई जीवनको अंशका रुपमा लिएर नियमित अभ्यास गरेको खन्डमा यसको शक्तिको पहिचान हुन्छ । जसरी नियमित अभ्यास गरेर खेलाडीले आफ्नो लक्ष्य प्राप्त गर्दछन् त्यसैगरि हामीले पनि बचत गर्ने अभ्यास गर्नुपर्छ । बचतका लागि संकल्प चाहिन्छ । म अनुशासित भएर नियमित बचत गर्छु भन्ने संकल्प गर्नसक्नुपर्छ ।
आर्थिक अनुशासन विना जीवनको लक्ष्य प्राप्त सम्भव छैन । हामीले पैसालाई सम्मान गर्न सक्नुपर्छ । तब मात्र जथाभावी दुरुपयोग गर्नबाट हामी जोगिन्छौं । मानिसहरु भन्छन् जति कमाए पनि पैसै बच्दैन । बचतलाई मुल मन्त्र बनाए हामीले मासिक जति आम्दानी हुन्छ त्यसको २० प्रतिशत बचत गर्ने बानी बसाल्यौ भने मात्र बचत गर्न सम्भव हुन्छ । कुनै पनि हालतमा मासिक कमाइको २० प्रतिशत बचत गर्न छोड्नु भने हुदैन । त्यसका लागि बहाना बनाउनु हुदैन । यसलाई कर कार्यालयमा दाखिला गरे झै सम्झनुस् । जति कमाए भए पनि २० प्रतिशत बचत गरेपछि मात्र अरु खर्च गर्ने अभ्यासले हामीलाई बचत गर्ने बानीको विकास गराउँछ । यसले कम खर्च गर्ने र बढि बचाउने अभ्यासको पनि विकास गर्दछ । त्यसपछि हामीले कसरी बढि कमाउन सकिन्छ भन्ने तर्फ सोच्नुपर्छ । त्यसका लागि तपाई आफ्नो क्षेत्रमा उत्कृष्ट वा विशेषज्ञता हासिल गर्नुस् त्यसले तपाइलाई शिखर चुमाउँछ । आफ्नो ज्ञान, शिप र दक्षतालाई बृद्धि गर्नका लागि पनि तपाईले अनावश्यक खर्चिलो स्थानमा ववार्द गर्ने समय नपाएपछि तपाईको बचत पनि हुने भयो कमाउने आधार पनि बलियो बन्ने भयो ।
आफ्नो फुसर्दको समयलाई सदुपयोग गरेर पनि बचत गर्न सकिन्छ । त्यसैले बचत स सानो चिजबाट शुरु हुन्छ । त्यसका लागि हामी संवेदनशिल हुन जरुरी छ । तपाई आफ्नो काममा सम्पुर्ण प्रेम पोख्नुस् । त्यसका तन मन लगाउँनुस् । जसले तपाईलाई पैसा दिएको छ । जसले तपाईको बचत बृद्धिमा भूमिका खेलेको छ त्यसलाई सम्मान गर्न सिक्नुस् ।
आजभोली रेष्टुराँमा खाने फेसन चलेको छ । तर यसले हाम्रो पैसा र स्वास्थ्य दुवैलाई खर्च गराइरहेको छ । घर बाहिर खाने बानीलाई रोक्नु भएको खन्डमा पनि तपाईले राम्रो बचत गर्न सक्नुहुन्छ । घरमा पाकेको खाना रेष्टुराँको भन्दा पोषणयुक्त, सस्तो र स्वादिलो हुन्छ । त्यसैले बाहिर निस्किदा घरमा निर्मित खाजा बोक्नुस् यसले तपाईको मासिक बजेटमा ठूलो परिवर्तन गरिदिने छ । हामी धनि हुन चाहान्छौं तर खर्चालु बानीलाई परिवर्तन भने गर्दैनौ । फेरी पनि धनि हुने सपना भने देखि नै रहन्छौं । तर बैधानिक रुपमा धनि हुने सर्टकट बाटो छैन ।
त्यसका लागि आर्थिक अनुशासन पालना गर्नै पर्छ । नियमित बचत गर्नै पर्छ । बचत लगानी हो । यसलाई हामी जहाँ पनि लगानी गर्न सक्छौं । हमीसँग नभएको बचत कसरी लगानी गर्न सक्निछ । लगानीले प्रतिफल दिन्छ । त्यसले तपाईको बचतमा बृद्धि गर्छ । त्यसैले बचत हाम्रो जीवनको अभिन्न अंश हो । बचत सम्पत्ती आर्जन गर्ने बस्तु हो । सानो बचत ठूलो सपना पुरा गर्ने आधार हो । जब बचतको महत्व बुझिन्छ तब अल्छिपना, लापरवाहीजस्ता मानविय कमजोरी स्वत हट्छ । त्यसपछि त दिनदिनै एक एक रुपैयाको हिसाब किताब राखिन्छ । त्यसपछि तपाइले बचतको महत्व बुझ्नु हुने छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार