एउटा सहकारी : जसको सदस्य ८० लाख !

सन् १८४४ मा शुरु भएको सहकारी अभियान विश्वभर फैलीएको छ । विकशित मुलुक, विकास उन्मुख मुलुक र सबै मुलुकहरुमा सहकारी अभियान फैलीएको छ । उपभोक्ता सहकारीबाट शुरु भएको सहकारी अभियान सबै क्षेत्रमा फैलीएको छ । सहकारीले बचत तथा ऋणको कारोबार त गर्ने नै भयो ।
त्यसको अलावा संचार, शिक्षा, स्वास्थ्य, उपभोक्ता, कृषि लगायत विविध क्षेत्रमा यसको सञ्जाल फैलिएको छ । विश्वभर कति सहकारी छन् ? कति कारोबार गर्छन ? कति यसको सदस्य छन् ? भन्ने यकिन तथ्यांक पाउ निकै कठिन छ । विश्वभर ठूलो सञ्चालको रुपमा फैलिएको छ सहकारी अभियान ।

प्रमुख कार्यकारी अधिकृत रिचर्ड पेनिकुक
संसारमा यति ठूलो सञ्जाल सहकारी बनाएको छ र संसारकै ठूलो सहकारी कुन होला त ? सबैको चासोको विषय बन्न सक्छ । हरेक हिसाबले हेर्दा संसारकै ठूलो सहकारी हो दि को अपरेटिभ ग्रुप लि । सन् २००० मा को अपरेटिभ होलसेल सोसाईटि र को अपरेटिभ रिटेल सोसाईटी मर्ज भई दि कोअपरेटिभ ग्रुप बनेको थियो । त्यसपछि यो सहकारी संसारकै ठूलो सहकारी भएको हो । यसको केन्द्रीय कार्यालय म्यान्चेस्टरमा रहेको छ । यस सहकारीले खाद्य सामग्रीको साथै विद्युतिय सेवा, कानुनी परामर्श, वित्तिय सेवा, विमा सेवा, उर्जा, कानुनी सेवा लगायत विभिन्न सेवा सदस्यलाई प्रदान गर्दै आएको छ । यस सहकारीको ४ हजार ५ सय स्थानबाट सेवा प्रदान गर्दछ ।
यस सहकारीको ४ सय ५० भन्दा बढी टाभल एजेन्सी छन् । यसको स्वामित्वमा ८ सय भन्दा बढी अन्तिम संस्कार गराउने संस्था समेत रहेको छ । यस संस्थामा ७० हजार कर्मचारीले रोजगारी पाएका छन् । यस सहकारीका ८० लाख सदस्य छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत रिचर्ड पेनिकुक हुन् । गत वर्ष यस संस्थाले ८१ मिलियन खुद नाफा आर्जन गरेको थियो ।
एजेन्सीकाे सहयाेगमा
प्रकाशित मिति : २०७३ असाेज ९
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार