'सहकारी : दिगो भविष्य निर्माणको प्राधिकार'

‘सहकारिता: दिगो भविष्य निर्माणको प्राधिकार’ (Co-operatives : Power to Act Sustainable Future)
– लेखनाथ ढकाल
सहकारी मोडलको व्यवस्थापनका व्यवसाय नै उत्कृष्ठ हुने र विश्वका मानवले चाहेजस्तो सामाजिक विकासका लागि सहकारीको अपरिहार्यताको विषयमा विश्वका सबै खाले राजनीतिक–आर्थिक विचारधाराका मानिस सहमत रहेको पृष्ठभूमिमा सहकारीले सुन्दर विश्व बनाउने नाराकासाथ सन् २०२० सम्मलाई सहकारी दशकका रुपमा मनाइदै रहेको छ ।
हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्र संघीय सहकारी दिवस सँगसँगै मनाइने प्रचलन छ । यस वर्षको जुलाई महिनाको पहिलो शनिवार (असार १८, २०७३)का दिन चौरानब्बेऔं इन्टरनेशनल को–अपरेटिभ डे तथा बाईसौ राष्ट्र संघीय को–अपरेटिभ डे मनाइदैछ नेपालमा पनि राष्ट्रिय सहकारी संघको नेतृत्वमा यो दिवस मनाइन्छ ।
विश्वमा सबैभन्दा जेठो र ठूलो गैरसरकारी क्षेत्रको संगठन इन्टरनेशनल को–अपरेटिभ अलायन्स(आईसीए) हो, यो सहकारी क्षेत्रको नेतृत्व र प्रतिनिधित्व गर्ने विश्वव्यापी सड्गठन हो । यो सड्गठनका अध्यक्ष संयुक्त राष्ट्र संघको सामाजिक आर्थिक परिषदको स्थापनाकालदेखि नै प्रमुख सल्लाहकारका रुपमा रहने गरेका छन् । दिगो विकास, सामाजिक न्यायको आधारमा वितरण प्रणाली, सामाजिक जिम्मेवारीपूर्ण व्यवसायय अझ सारंशमा भन्ने हो भने नैतिकतापूर्ण आर्थिक क्रियाकलापलाई नागरिक स्तरकै पहलमा अपनाउने स्पिरीट सहकारी हो । विश्वव्यापी रुपमा मानव विकासका चुनौतीहरुलाई व्यवहहारिक रुपमा संबोधन गर्ने र त्यसको परिणामका लागि सफल प्रयासका लागि सहकारीले आफ्नाे उच्च पहिचान र हैसियत स्थापित गरेको छ ।
‘सहकारिता: दिगो भविष्य निर्माणको प्राधिका’ (Co-operatives : Power to Act Sustainable Future) भन्ने मूल नारा तय गरी मनाइएको यस वर्षको दिवसले पनि सहकारीको हैसियत प्रमाणित गर्दछ । ‘सहकारी : दिगो भविष्य निर्माणको प्राधिकार’ यो उच्च स्तरको बैचारिक नारा संयुक्त राष्ट्र संघमा गठित उच्च प्राज्ञहरुको समुहले तय गर्छ र विश्वका पाँचवटा भाषा (अंग्रेजी, फ्रान्सेली, जर्मन, स्पेनिस र रसियन)मा यसको एउटै स्पिरीत अभिव्यक्त हुने गरी लेखिन्छ र यसको मूल आसय तथा अर्थको विषयमा पाँचवटै भाषामा व्यख्या गरिन्छ ।
नेपालीमा यो नारा कुन शब्दमा लेख्ने र यसले के अभिब्यक्त गरेको हो भन्ने विषय राष्ट्रिय सहकारी संघले गर्ने हो । काठमाडौ बाहिर भएकाले नेपालीमा यसलाई के लेखियो थाहा नभएकाले नाराको मर्म र भावना त्यही भए पनि नाराका शब्द पङ्तिकारका हुन । कहीँ कतै नमिलेमा सोही अनुसार बुझन पाठक सामू निबेदनका साथ चौरानब्बेऔं इन्टरनेशनल को–अपरेटिभ डे तथा बाईसौ राष्ट्र संघीय को–अपरेटिभ डेको पूर्ण सफलताको कामना सहित ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
