दिगो विकासको लक्ष हासिल गर्न सहकारीको भूमिका
यहाँ सहकारीलाई अर्कै कुरा ठानियो, सहकारीको उपयोग दुनियाँको भन्दा अर्कै खालको भयो र हुँदैछ तर विश्वव्यापी रुपमा हेर्दा सहकारी आजको दिगो र भरपर्दो सामाजिक विकासको प्रविधिका रुपमा स्थापित भएको छ ।
काठमाडौं । राज्य केन्द्रित अर्थ व्यवस्थामा ढिलासुस्ती र भ्रष्ट्राचार मात्र मौलाउने कारणले विकासका लक्ष प्राप्त हुन नसकेका उदाहरण सबैले देखेकै विषय हुन ।
बजार केन्द्रीत अर्थ व्यवस्थामा केही ब्यक्ति र समुह मौलाउने आम उपभोक्ताको ढाड सेकने कुरा पनि सबैले भोगिरहेकै विषय हो । फलस्वरुप आजको दिनमा विश्वको मानव समाज असानता, विभेद, बेरोजगारी, ठगी, भ्रष्ट्राचार, गरिबी, अशिक्षा, रोग, भोक जस्ता कुराले ग्रसित छ । विकासका ठूला–ठूला नारा लगाए पनि परिणाम भने निरनशाजनक रहेको छ । मानव विकासको क्रममा यो चुनौतीपूर्ण मात्र होइन लाजमर्दो समस्याका रुपमा रहेको अवस्थामा सहकारी प्रविधिको आविश्कार भयो । सामाजिक न्याय र सामानतामा आधारीत सामुहिक स्वामित्वको अर्थव्यवस्था सहकारी हो ।
सामुहिक स्वामित्वको व्यवसाय/आर्थिक पद्धति हुने भएका कारणले समुदायको पहुँच सहकारीमा हुन्छ फलस्वरुप सामाजिक न्यायको आधारमा वितरण प्रणाली यसको मूल चरित्र हो । नैतिकतापूर्ण आर्थिक क्रियाकलाप र सामाजिक जिम्मेवारीपूर्ण व्यवसाय सहकारीको आधारभूत चरित्र हो । यसकारण दिगो विकासका लक्ष हासल गर्न सहकारीको भूमिका अहम हुने कुरा निर्विवाद छ । राज्य र नीजि क्षेत्र दुबैबाट वास्तविक रुपमा समाजको समग्र पक्षको विकास संभव हुदैन । यदि हुँदो त आजको दुनियामा विश्वमा गरिबी किन रहन्थ्यो होला ?
माथि उल्लेखित यथार्थलाई सहस्राब्दी विकास लक्ष हासिल गर्न सहकारीको भूमिकालाई विश्वव्यापी रुपमा सराहना गरियो, नेपाल अपवाद बनेको होला ?
यहाँ सहकारीलाई अर्कै कुरा ठानियो, सहकारीको उपयोग दुनियाँको भन्दा अर्कै खालको भयो र हुँदैछ तर विश्वव्यापी रुपमा हेर्दा सहकारी आजको दिगो र भरपर्दो सामाजिक विकासको प्रविधिका रुपमा स्थापित भएको छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस र संयुक्त राष्ट्र संघीय सहकारी दिवसका रुपमा मनाने क्रममा यस वर्षको मूल नारा ‘दिगो विकासको लक्ष हासिल गर्न सहकारीको भूमिका’ भन्ने आसयको राखिएको तथ्यबाट सहकारीको हैसियतको स्वतः अनुमान गर्न सकिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार