सफलताको कथा : सहकारीले फेरिदियो संगीता दम्पत्तिको जीवन

२०६९ सालदेखि शुरु गरी व्यवावसायिक रुपमा कुखुरापालन पोल्ट्री फर्म, फ्रेस हाउस र किराना पसल गर्दै आएका संगीता कार्कीका दम्पत्ति स–गौरव भन्छन्– “दिदीबहिनी सहकारी संस्था एउटा संस्था मात्र नभई हाम्रो लागि साच्चीकै दिदीबहिनी नै सावित भएको छ ।” श्रीमानको खाडी बसाई र आफ्नो बाल बच्चा लालन–पालनमा ८ वर्ष बिताएकी संगीताको न त श्रीमानको राम्रो कमाई थियो नत आफूमा केही गर्ने आँट नै आएको थियो ।
२०४० सालमा माता सावित्रि र पिता खड्क बहादुर क्षेत्रीको पाँचा सन्तान मध्ये चौथोँ सन्तानको रुपमा म्याग्दी जिल्लाको भकिम्ली गा.वि.स.मा जन्मिएकी संगीताले औपचारिक शिक्षा आर्जन गर्ने मौका समेत पाइनन्। आमा बुवा साथै दिदीहरु कामकाज मेलापात गर्दा आफू मूनिको भाइलाई हेरचाह गर्दै बाल्यकाल बिताएकी संगीताको पारिवारिक सरसल्लाह अनुसार २०६१ साल वैशाखमा सासु सावित्री र ससुरा लोक बहादुर कार्कीको माइलो छोरा गज बहादुर कार्कीसँग विवाह बन्धनमा बाधिएकि थिइन्। विवाह पश्चात पारिवारिक आर्थिक अवस्था मध्यम भएको एवं सन्तानको समेत जन्म भएपछि आफ्नो जिम्मेवारी बोध भई पति गज बहादुरलाई खाडी मुलुक पठाउन उनलाई अपरीहार्य बन्यो । पतिको चार वर्ष कतार एवं मलेशिया बसाईमा खासै सन्तोषजनक आम्दानी नभएको र छोराछोरी समेत ३ ओटा जन्मी सकेका कारण कार्की दम्पतीले विकल्पको खोजीगर्न थाले । शुरुमा एक्लो हुँदा समेत कोइलर कुखुराको चल्ला हुर्काउने अनुभव बटुलेकी संगीताले सोही पेशा अगाल्ने र त्यसैमा परिवार मिलेर लाग्ने निधो गरे।
कार्की भन्छिन्– “चार वर्ष अगाडी श्रीमान विदेशबाट त फर्कनु भयो तर हामी संग व्यावसाय संचालनका लागि प्रयाप्त लगानी गर्ने पैसा भएन । त्यस पश्चात जिल्लामा बढि नाम सुनिने साथै नामबाटै अपनत्व झल्कने संस्था “दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था” बेनीमा पुगेर आफ्नो सबै बेली विस्तार सुनाएपछि हाम्रो व्यवसाय गर्ने प्रतिवद्धता देखेपछि हौसला प्रदान गर्दै सदस्यता प्रदान गरे पश्चात आफ्ना सम्पूर्ण आर्थिक गतिविधि संचालन गर्ने साथै दुःख बिसाउने चौतारीको रुपमा संस्था रहदै आएको छ । उनी थप्छिन संस्थाले संचालन गरेका सहज बचत एवं कर्जा योजना, मुष्ठिदान जस्तो सामाजिक कार्य साथै आपत–विपतमा परेका महिलाको न्यायका लागि गरेको मध्यस्थतबाट आफू सो संस्थाको सेयर सदस्य हुनुमा गौरव लागेको छ ।” संस्थाको नेपाल सरकार अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सुलभ कर्जा कार्यक्रमको १५०,०००।– र संस्थाकै आन्तरिक कृर्षि कर्जा १००००००।– साथै आफ्नो व्यक्तिगत लगानी ८०००००।– गरी जम्मा १९,५०,०००।– एकमुष्ठ लगानीबाट निर्मित ८०० क्षमताको दुई आधुनिक खोरमा समिर पोल्ट्रि फर्म संचालनमा रहेको र उत्पादित केही कुखुरा अन्य बजारमा विक्रिमा पठाउनुको साथै स्थानिय बे.न.पा. ५ डम्मरा बजारमा आफ्नै घरबाट समिर फ्रेस हाउस समेत संचालान गर्दै आएका दम्पितको समिक्षा किराना पसल समेत संचालन गरिरहेका छन् ।
संस्थाले प्रदान गरेको लगानी, हौसला र आफ्नो मेहनतले गर्दा तिन सन्तानको शिक्षा दिक्षा, घर खर्च साथै सहकारीको व्याज किस्ता संचालन गरी वार्षिक चारलाखको आम्दानी समेत हुने गरेको बताउछिन् । उनी भन्छिन्– “बच्चाबच्ची पढाएको छौं, विरामी पर्दा औषधीमूलो गरेका छौं, दुईछाक राम्रोसँग खाएका छौं । चाहे पछि परिवासंग सँगै बसेर मेहनत गर्दा सम्भव हुँदो रहेछ । हामीलाई आफ्नो कामले सिकायो र संस्थाको व्याज किस्ता चलाएकै छौं । सबै खर्च कटाई वर्षमा चारलाख जति बचाउन सकेका छौं, श्रीमान विदेश हुँदा पठाएको पैसाले घरखर्च ठिक्कै हुन्थ्यो तर अहिले बचत समेत गर्न सकेका छौं ।” स्थानिय आमा समुह लगायत सामाजिक कार्यमा समेत सक्रिय संगिता संस्थाले संचालन गरेको सुलभ कर्जाको त्यस क्षेत्रको संयोजक समेत रहेकी छन् । आफ्ना व्यवसायहरुबाट मासिक सरदर १ लाख देखि १ लाख ५० हजार सम्मको कारोबार गर्ने गरेको बताउछिन् । उनि भन्छिन् विदेशी भुमिमा रगत र पसिनासँग पैसा साट्ने दाजु–भाईलाई समेत आफ्नै देशमा परिवारसँग बसेर इमान्दार र लगनशील भएर काम गरेपछि कमाई र आत्म–सम्मान दुवै मिल्छ । हाम्रै देशमा गरे प्रसस्त अवसर रहेको बताउछिन उनी । भविष्यमा समेत सोही पेसालाई विस्तार गरी आधुनिकरण गर्दै निरन्तर लाग्ने योजना रहेको बताउँछिन संगिता ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार
विगतका सरकारको कमजोर नियमनले सहकारीमा बचतकर्ताको रकम डुब्यो: मन्त्री रावल
५ असार २०८३, शुक्रबार