ओझेलमा सहकारी पत्रकारिता !
डिल्लीप्रसाद सापकोटा
समाचार नपाएको खण्डमा प्रकाशन वा प्रसारण गरेर आपतको अबस्थामा खाली ठाउ भर्ने हिसाबले मात्रै सहकारी समाचार सम्पादकको महत्वमा रहेका छन् । यो तितो यर्थाथ हो ।
नेपालमा सहकारी पत्रकारिताको सुरुवात भएको लामो ईतिहास छैन । २०६२/०६३ को जनआन्दोलन पश्चात मात्रै थोर बहुत स्थान पाउन थालेको हो । बिशेष गरि सहकारी आन्दोलनका विभिन्न गतिविधिले समाचारमा स्थान पाउन थाल्नुको श्रेय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर प्रकाशन हुने पत्रपत्रिकालाई जान्छ ।
केही बर्ष आक्रमक ढंगले सहकारीका समाचार प्रकाशन र प्रसारण भए । अहिले यसको गति सुस्त छ । सहकारीको संख्यात्मक विकासमा तिब्रता देखिएपनि आमसञ्चारमा भने यो बिषय आक्रमक ढंगले प्रस्तुत हुन नसकेको भान हुन्छ । केही अनलाईन, दैनिक पत्रिका, टेलिभिजन लगायतका सञ्चारमाध्यमहरूले सहकारीको विकास र प्रबद्र्धनसँग जोडिएका विषयहरूमा कम मात्रामा समाचार, फिचर वा लेखहरू सम्प्रेषण गर्दै आएका छन् ।
संविधानमा सहकारीलाई आर्थिक विकासको एक सबल खम्बाको रुपमा व्याख्या गरे पनि यसले छु्ट्टै महत्व पाउन भने सकेको छैन । यस्तै केहि व्यक्तिगत पहलमा सहकारीलाई मात्रै आधार बनाएर स्थापना भएका सञ्चारमाध्यमले सहकारीबारे चाख लाग्दो खोज पत्रकारीताको विकास समेत गर्न सकेका छैनन् । सुरुवाती अवस्थामा सहकारी क्षेत्रले आमसञ्चार क्षेत्रमा महत्व र प्राथमिकता पाए पनि सहकारी अभियानको उदासिनताका कारण पनि गतिमा सुस्तता आएको हो ।
अर्को मुख्य पक्ष भनेको अन्य क्षेत्रमा जस्तो यो क्षेत्रमा विभिन्न अवसरहरु नपाउनु र याथास्थितीमै रमाउनुपर्ने बाध्यताका कारण पनि सुरुवातमा समाचार लेख्न सिकेपछि बिट परिर्वतन गर्ने पत्रकारहरुको संख्या समेत बढ्दै गएको छ ।
सहकारी आफैले आफैमा सिमित गरेर प्रकाशन गरेका समाग्रीहरु सदस्य वा आम जनताले कतिको सरल र सहज रुपमा बुझन पाउँछन भन्ने मुल प्रश्न हो ?
सहकारीका दिन हुने गतिविधीलाई सञ्चारमाध्यममा प्रवेश गराउन नचाहने र सहकारीको विकास र प्रवद्र्धनमा गर्ने सरोकारवालाहरुको कामलाई कोठे बैठक र कागज भन्दा बाहिर जान नदिने कारणले नै सहकारी विकासबारे गरेका कतिपय प्रतिवद्धता सिमित क्षेत्र भन्दा माथि उठ्न नसकेका हुन ।
सहकारी क्षेत्रका सकारात्मक तथा नकारात्मक समाचारमा टिप्पणी जनाउन नसक्नु सहकारी अभियानको कमजोरी हो । सहकारी आन्दोलनमा होमिएका अभियन्ताका सकारात्मक कुराको प्रशंसा गर्न पनि नचाहने र आलोचना सहन नसक्ने समुदायको रुपमा चिनाउँदै आएका छन् ।
यस्तै सहकारी आफैले प्रकाशन गरेका मुखपत्र, स्मारिकालाई मात्रै सुचना आदान प्रदानको माध्यम बनाउनु पनि एउटा कमजोरी हो । अर्को पक्ष भनेको प्रायोजित कार्यक्रमलाई मात्रै प्राथमिकता दिने आम सहकारीकर्मी र अभियन्ताको हठका कारण पनि हो । सहकारी आफैले आफैमा सिमित गरेर प्रकाशन गरेका समाग्रीहरु सदस्य वा आम जनताले कतिको सरल र सहज रुपमा बुझन पाउँछन भन्ने मुल प्रश्न हो ? यस्तै अभियानता सहकारी क्षेत्र आफुलाई सबल र सक्षम आर्थिक विकासको माध्यम माने पनि यसको विकासमा सञ्चार क्षेत्रमा गर्नु पर्ने लगानी गर्न सकेका छैनन ।
सञ्चार माध्यममा समेत सहकारीका मुद्दाहरुले प्राथमिकता पाउन नसक्दा सहकारी के हो भन्ने कुरा आम सर्वसाधारणले बुझन, जान्न पाएका छैनन । जति बैंक के हो र यसमा किन कारोबार गर्ने भन्ने बुझेका छन् । कुनै पनि गतिबिधिको प्रचार प्रसार गर्दा सहकारीका सदस्य र आम जनामानसमा कस्तो प्रभाव पार्छ भन्ने जानकारी नभएको भने पक्कै होईन ।
तर यो क्षेत्रलाई एक अनौपचारिक क्षेत्रमा मात्रै सिमित गर्ने प्रयास पनि सञ्चार क्षेत्रमा दरिलो सहभागिता हुन नसक्नु पनि एउटा पक्ष हो । अर्कोतिर निजी क्षेत्रका अखवार, एफएम. रेडियो र टेलिभिजनले सम्पादकीय निर्णय मार्फत विकासका मुद्दालाई समाचारकक्षमा विशेष महत्व नै दिएका छैनन् । समाचार नपाएको खण्डमा प्रकाशन वा प्रसारण गरेर आपतको अबस्थामा खाली ठाउ भर्ने हिसाबले मात्रै सहकारी समाचार सम्पादकको महत्वमा रहेका छन् । यो तितो यर्थाथ हो ।
निजी क्षेत्रका सञ्चारमाध्यमहरू सहकारीसँग जोडिएका विकास र प्रबद्र्धनका मुद्दाबारे या त नियमित रिपोर्टिङ गर्दैनन, गरे पनि संघसंस्थाहरूबाट आर्थिक, भौतिक वा प्राविधिक सहयोगको अपेक्षा राख्छन् । यसको कारण पनि आर्थिक विकासमा महत्वपुर्ण भूमिका राख्ने भनिएको सहकारी क्षेत्रको रिपोर्टिङ जनतामुखी बन्न सकेको छैन । बेला बखतमा सहकारीका सरोकारका बिषयमा सञ्चार क्षेत्रले विषयलाई छनोट गरि समाचार सम्प्रेषण गरेका छन । यद्यपि नियमित निगरानी र विश्लेषणात्मक प्रस्तुतिमा भने स्वयम पत्रकारहरू चुकेका छन् ।
त्यसैले यो क्षेत्रको विकास र प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका बढाउन बिशेष गरि सरोकारवाला निकायहरुको समन्वयलाई ध्यान दिइनु जरुरी छ । खास गरि सहकारी क्षेत्रका समसामयिक बिषय बस्तुमा नियमित अन्र्तक्रिया र मन्थन आवश्यक छ ।
यो मन्थनको लागि विधागत क्षेत्रमा कलम चलाउने पत्रकारहरु सहभागि रहेको संस्थाहरुले पुलको रुपमा काम गर्न सक्छन । यस्तै अर्को पक्ष भनेको सहकारी क्षेत्रमा आउन सकारात्मक गतिविधीलाई प्रोत्साहन गर्न पुरस्कार र सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई तालिम, भ्रमण र विभिन्न अनुुसन्धानात्मक कार्यमा बढी से बढी सहभागिता गराउन सके सहकारी आन्दोलन र सहकारी पत्रकारीता दुबैको विकासमा टेवा पुग्ने निश्चित छ ।
(लेखक नेपाल सहकारी पत्रकार समाज(सिजेएन)का अध्यक्ष हुन्)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार