काठमाडाैं । नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनमा पर्यटन व्यवसायी राजेन्द्र बजगाईले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । देशको समग्र आर्थिक विकास र समृद्धिको नारा लिएर बजगाईले केन्द्रिय सदस्यमा उम्मेदबारी दिने भएका हुन् । उनी कांग्रेसका विभिन्न संगठनमा विगत २० वर्षदेखि निरन्तर सकृय छन् ।
प्रारम्भिक मत सवेक्षण अनुसार महाधिवेशन प्रतिनिधिहरुमा देशैभरीबाट युवाहरुको संख्या उल्लेख्य रुपमा पाईएको र ति प्रतिनिधिहरुको प्रतिनिधित्व गर्दै गोरखा जिल्लाबाट महासमिति सदस्यमा चुनाव जितेर आएका युवा नेता राजेन्द्र बजगाईले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदबारी दिन लागेका हुन् ।
१३ औँ महाधिवेशनलाई मध्यनजर गदै कांग्रेसका नेताहरु विभिन्न राजनितिक चुनावि नारा बनाउदै प्रचारमा लागेका बेला गोरखाका युवा नेता बजगाई भने विकास र समृद्धिको नारा बोकेर केन्द्रीय सदस्यको मैदानमा उत्रिएका हुन् । कांग्रेसकवे ७ दशक लामो राजनितिक संघर्ष संविधान बनेसंगै सम्पन्न भएकाले नयाँ संविधानको सपना पुरा भएकाले अब आर्थिक विकास समृद्धिलाई राजनीतिको मूल मुद्धा बनाउनुपर्ने भएकाले बजगाईले केन्द्रिय सदस्यका उम्मेदवार दिन लागेको बताए ।
‘म कांग्रेस हुँ, कांग्रेसकै निम्ति धेरै काम गर्दै अाएकाे छु’ उनले भने, ‘कांग्रेसको हितका लागि कांग्रेससमर्थक व्यवसायी पनि त्यहाँ जान जरुरी छ । म फरक ढंगले नेतृत्वमा स्थापित हुन खोजेको हुँ । सांगठनिक हिसाबले भन्दा पनि एजेन्डालाई भोट दिनुपर्छ भन्ने मान्यता बोकेको छु ।’
व्यक्ति केन्द्रित भन्दा पनि नीतिकेन्द्रित राजनीतिमा विश्वास गर्ने बजगाई राजनीति मार्फत विकास र समृद्धि पहिल्याउनुपर्ने बताउँछन् । ‘अर्थतन्त्र परनिर्भर छ र हामी परनिर्भरता अन्त्य गर्नका लागि अग्रसर हुन सकेका छैन । यही परनिर्भरता अन्त्य गर्न कांग्रेसको विचारमार्फत प्रयत्न गर्ने छु ‘ उनले भने । कांग्रेसले मुलुकको नेतृत्व लिइराख्नका लागि अब विकास र समृद्धिको बाटो लिनुपर्ने उनी बताउँछन्। ‘अहिलेको अवस्थामा कांग्रेसलाई नयाँ ढंगले समयसापेक्ष रूपमा अघि बढाइनुपर्छ’ उनी भन्छन् ‘त्यसकै लागि हामीजस्ता व्यावसायिक पृष्ठभूमि भएकाहरू पनि नीति निर्माण तहमा पुर्याइनु आवश्यक छ ।’
