सहकारी संघ धादिङले पूर्णता पायो, सचिवमा विष्णुप्रसाद कोइराला निर्वाचित
धादिङ । जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको माघ २९ गते भएको १६ औं साधारणसभाले सचिव र कार्यसमिति सदस्य बाहेकका पदाधिकारी सर्वसम्वत गरेको थियो । सचिव र सदस्यहरुलाई पनि सर्वसम्वत गराउने प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो ।
सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित भएका हुन् । राजेन्द्र बस्नेत, सीतादेवी खनाल र उमेश दाहाललाई पछि पार्दै कोइराला विजयी भएका हुन् । त्यस्तै ७ सदस्यीय कार्यसमिति सदस्यमा राजेन्द्र दाहाल, भवानी तिमिल्सेना, युवराज थपलिया, कमलराज कडेँल, राजेन्द्र अधिकारी, भवानी उप्रेती र रामचन्द्र अर्याल विजयी भएका छन् । सदस्य पदमा १२ जनाको उमेदवार परेको थियो ।
जिल्ला सहकारी संघ धादिङको गत २९ गते सम्पन्न साधारणसभा तथा अधिवेशनले अध्यक्षमा नेत्रराज पौडेल, उपाध्यक्षमा गंगादत्त तिमिल्सेना र गंगा विसुराल र कोषाध्यक्षमा टंकनाथ शर्मा सर्वसम्मत चयन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार